Explore news and happenings at Bhaktapur

भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि. को १६ औं साधारणसभा

भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि. को १६ औं साधारणसभा

0

२०७५ पुस १४ गते शनिबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरुले विश्वासिलो, भरपर्दो र सहयोगी संस्था र बचतकर्ताहरुको सेवाको भावनाले काम गर्नुपर्ने बताउनुभयो ।
भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्नुहुदै प्रमुख प्रजापतिले शिक्षामा अगाडि बढेको देश अरु क्षेत्रमा पनि व्यवस्थित रुपमा अगाडि बढ्ने हुदा भक्तपुरमा शिक्षाको जगलाई मजबुत पार्न भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरु सञ्चालन गरेको बताउनुभयो ।
ख्वप विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने सोच नगरपालिकाको रहेको बताउनुहुदै प्रमुख प्रजापतिले विश्वविद्यालय सञ्चालनमा सरकारको असहयोगका कारण विधेयक अगाडि बढ्न नसकेको बताउनुभयो । उहाले भक्तपुरमा स्वास्थ्य क्षेत्र सुधार गर्न ख्वप अस्पतालको निर्माण कार्य सुरु भइसकेको जानकारी दिनुभयो ।
भक्तपुर नगरभित्र सम्भावित दुर्घटना रोक्न र सडक व्यवस्थापन गर्न भक्तपुर नगरभित्रका फुटपाथहरुमा सामान हटाउने कार्य नपाले सुरु गरेको बताउनुभयो ।
उहाले भन्नुभयो — ‘सम्पदा पुनःनिर्माण कार्यमा विदेशी सहयोगलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेका छैनौं । एनजीओ र आइएनजीओलाई निषेध गर्ने उद्देश्यले अगाडि बढिरहेका छौं । अरुको सहयोगले आफ्नो अस्तित्व गुम्ने हु“दा स्वाभिमान भएर बाच्ने अभियानमा भक्तपुर नगरपालिकाले काम गर्दै आएको छ ।’
भक्तपुर नगरपालिकाले नियमित रुपमा सरसफाइको कार्य अगाडि बढाइरहेको बताउनुहुदै नपाका जनप्रतिनिधि, कर्मचारी, नपाभित्रका संघ—संस्था, टीम क्लब, विद्यालय आदिको संयुक्त सहकार्यले सरसफाइको अभियान अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले सहकारीले टोल—छिमेकको समस्या समाधानतिर ध्यान दिनुपर्ने र कृषक केन्द्रित कार्यक्रमहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले बचत तथा ऋण सहकारी संस्थाको उचित व्यवस्थापनको लागि पल्र्स तालिम सञ्चालन गरेको बताउनुहुदै नया पुस्तालाई राम्रो बनाउन समाजलाई व्यवस्थित र सुसंस्कृत बनाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका प्रतिनि      धि श्रीप्रसाद त्यातले संघीय सहकारी ऐन कार्यान्वयन हुन नसक्दा सहकारी क्षेत्रमा अन्योलको स्थिति आएको र सहकारी संस्थाको कारोबार व्यवस्थित बनाउन संस्थागत तालिम र सेवाको आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा लेखा परीक्षक रमेश थापाश्रेष्ठ, संस्थाका उपाध्यक्ष शिवकृष्ण कोजु, सचिव कृष्णप्रसाद सुवाल, सञ्चालक समितिका सदस्य चञ्चला सुवाललगायत बोल्नुभएको थियो । साथै प्रमुख अतिथि प्रजापतिले असल बचत कर्ता, असल ऋणकर्ता र ज्येष्ठ नागरिकलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.