सहकारी संस्थाहरूको अनुगमनको लागि पर्ल्स (PEARLS) सम्बन्धी तालिम सम्पन्न
भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार सहकारी संस्थाहरूको अनुगमनको लागि पर्ल्स (PEARLS) सम्बन्धी तालिम भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय जनतालाई दिएको अधिकार बलियो भए प्रजातन्त्र बलियो हुने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाभित्र दर्ता भएका सहकारी संस्थाको अनुगमन तथा निरीक्षण व्यवस्थापन गर्न तालिमको आवश्यकता औंल्याउनुहुँदै प्रमुख प्रजापतिले भन्नुभयो – ‘कानुनले स्थानीय तहलाई शिक्षा, स्वास्थ्य, सहकारीलगायत विभिन्न क्षेत्रमा अधिकार सम्पन्न बनाएको छ । सहकारी ऐनले नगरभित्रका बहुसंख्यक सहकारी संस्थाको हित र विकासमा काम गर्नु आवश्यक छ ।’
भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण, घरघरमा नर्सिङ सेवालगायतका घोषणापत्रमा उल्लिखित कार्यलाई अगाडि बढाइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले हरेक क्षेत्रमा आर्थिक अनुशासन महत्त्वपूर्ण हुने बताउनुभयो ।
पर्ल्ससम्बन्धी तालिमका प्रशिक्षक कृष्णगोविन्द लाखाजुले दर्ता भएका सहकारी संस्थाका समयमा अनुगमन नहुँदा समस्या हुन बताउदै बचत तथा ऋण सहकारीलाई अनुशासनमा राख्न तालिमको आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले तालिमको औचित्यताबारे प्रस्ट पार्नुभयो । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, नपाका विभिन्न शाखा प्रमुखहरूले तालिममा सहभागिता जनाएका थिए ।
we do not get any notice.