Explore news and happenings at Bhaktapur

सरकारले बजेट व्यवस्था गरी दिए हामी उच्च शिक्षासम्मै निःशुल्क गर्न चाहन्छौं

सुनिल प्रजापति, प्रमुख, भक्तपुर नगरपालिका

0

सस्तो र गुणस्तरीय शिक्षा दिने उद्देश्यले आजभन्दा १९ वर्ष अघि स्थापना भएको ख्वप मावि र त्यही जगमा उभेर ख्वप कलेज, ख्वप इञ्जिनियरिङ कलेजलगायत सात शैक्षिक संस्थाहरूले देशभरका जनताको सेवा गरिरहेका छन् । देशका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गरेर भनपाले देशकै निम्ति महत्त्वपूर्ण योगदान गर्दै आएको छ । यो हामी सबैका गर्वको विषय हो ।

गरिब तथा जेहेनदार विद्यार्थीको लागि नपाअन्तर्गत सञ्चालित कलजहरूले वर्षको करोडौं बढी रुपैयाँ बराबरका छात्रवृत्ति वितरण गर्दै आएका छन् । हिजो पुष ३ गतेमात्रै ख्वप इ. कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङमा ८७ जना विद्यार्थीको लागि ६३ लाख १३ हजार रकम छात्रवृत्ति वितरण गरयौं । छात्रवृत्तिमा अध्ययनरत प्रायः सबैजसो विद्यार्थीहरूले परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा हामी अत्यन्त खुशी छौं ।
हामीले नपाअन्तर्गत सञ्चालित कलेजहरूमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि अध्ययनको साथसाथै अनुशासनमा पनि जोड दिंदैछौं । प्रत्येक विद्यार्थीलाई आ–आफ्नो क्षेत्रमा दक्ष बनाउनुको साथै अनुशासित नागरिक तयार गर्ने पनि हामीले आफ्नो कर्तव्य ठानेका छौं ।

नेपालको संविधानले मावि तहसम्मको शिक्षा निःशुल्क भनेको छ । संविधानअनुसार सरकारले आवश्यक कानून र आर्थिकको व्यवस्था गर्न नसक्दा अहिले पनि हामी शुल्क लिएर पढाउन बाध्य छौं । संघ सरकारले आवश्यक बजेट विनियाजन गरि दिएको खण्डमा भनपाले मावि तहसम्म निःशुल्कको व्यवस्था गर्नेछ । हामी उच्च शिक्षासम्मै निःशुल्क गर्न चाहन्छौं ।

भनपाले शैक्षिक क्षेत्रमा गरिरहेको प्रगतिलाई देखेर देशका विभिन्न महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र जनप्रतिनिधिहरू आएर हाम्रा अनुभवहरू बुझ्दै हुनुहुन्छ । हामीले कलेज संचालन गर्दाका तिता अनुभवहरु पनि उहाँहरुलाई बाँद्ने गरेका छौं । हामीले कुनै पनि शैक्षिक संस्था सहजै स्वीकृति प्राप्त गरेका थिएनौं । करिब दुइ दशक पछि भक्तपुर नगरपाकिाले शिक्षामा देशभरकै अगुवाको भूमिका खेलिरहेको छ । यो नपामा निर्वाचित जनप्रतिनिधिहरूबाट मात्रै कडापि सम्भव थिएन र छैन । यहाँका स्थानीय जनताका निरन्तरको सहयोग र नेपाल मजदुर किसान पार्टीका निर्देशनबाट यो सम्भव भएको हो । राजनीतिक कार्यकर्ताहरू, देश र जनतामा समर्पित हुनुपर्छ र त्यसले मात्रै समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने सानो उदाहरण भक्तपुरले दिइरहेको छ ।

अहिले दैनिक हजारौंको संख्यामा शिक्षित युवाहरू विदेशिने गरेका छन् । विश्वविद्यालयबाट प्राप्त शैक्षिक प्रमाणपत्र दराजमा थन्काएर ती युवाहरू खाडी, मलेसियालगायतका देशमा गएर दुःख कष्ट गर्दैछन् । तिनीहरू मध्ये धेरैजसोलाई म्यानपावर कम्पनीले ठगेका छन् । यसबारे हरेक विद्यार्थी सचेत हुनुपर्छ । ख्वप कलेजहरुमा अध्ययन गर्न विद्यार्थीहरूले आफूले प्राप्त गरेका ज्ञान र सीप नेपाल र नेपाली जनताकै निम्ति लगाउन पनि जोड दिन्दैछौं ।

हामीसँग अध्ययन अनुसन्धानका धेरै विषयहरू छन् । विभिन्न देशका गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाहरूले अनुसन्धानको नाउँमा कराडौं रकम खर्च गरिरहका छन् । तर अझै त्यसले उपलब्धी दिन सकिरहेको छैन, जस्तो फाहोरमैला व्यवस्थापन । फोहोर मैला व्यवस्थापन हामी सबैको चुनौति बनिरहेको छ । ख्वप कलेजमा वातावरण विज्ञान पढ्ने भाई बहिनीहरूले यहाँका शिक्षकहरूका सहयोगमा फोहर मैला व्यवस्थापनको स्थायी समाधानका उपायहरु निकाल्न सक्छन् । स्वीडन र नर्वेजस्ता देशहरूले फोहोर रिसाइक्लिङ गरेर ऊर्जा उत्पादन गर्ने र हजारौंलाई रोजगारी समेत दिइरहेका छन् भने हामीले त्यसको प्रयास किन नगर्ने ? के त्यो हाम्रो लागि असम्भव छ र ? भनपाले कुहिन र नकुहिने फोहर अलग अलग संकलन गर्ने काम सुरु गरेको छ । कुहिने वस्तुका कम्पोष्ट मल बनाइ बिक्री वितरण गर्दै आएका छ । सरसफाइको लागि मात्रै नगरपालिकाको वर्षका ६ करोड ५० लाख बढी खर्च हुन्छ । त्यसमा न्युनीकरण गर्ने प्रयास गर्दैछौं । हनुमन्ते खोलालाई सुधार गरेर सफा पानी बग्ने जीवित खोला किन बनाउन सक्दैनौं, उद्योगबाट उत्पादित प्रदुषणलाई कम गर्न के गर्न सकिन्छ ? हाम्रा वरिपरिको वातावरण कसरी स्वच्छ र सफा बनाउन सकिन्छ ! यसबारे वातावरण विज्ञानका शिक्षकहरु र अध्ययनरत भाइबहिनीहरूले ध्यान दिनुभए भक्तपुरको लागि मात्र होइन देशकै लागि महत्त्वपूर्ण योगदान हुनेछ ।

यहाँ पढ्ने बीबीएस र एमबीसका विद्यार्थीहरूलाई भनपा र त्यसअन्तर्गतका कलेजहरूमा इन्टर्नसीप गर्ने व्यवस्था मिलाएका छौं भने कति विद्यार्थीहरूलाई जनस्वास्थ्य केन्द्रहरूमा पनि गराइरहेका छौं ।

अन्तमा, विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सका दुई शतवार्षिकीका अवसरमा कक्षा ९ र १० तथा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच निबन्ध प्रतियागिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेका छौं । कक्षा ९ र १० का लागि ‘वैज्ञानिक समाजवाद आजको आवश्यकता’ र ‘कला संस्कृति संरक्षणमा भक्तपुर नगरपालिका’ विषय दिएका छौं भने कक्षा ११ र १२ का लागि ‘समाजवादी शिक्षा व्यवस्थाः आवश्यकता र महत्त्व’ र ‘समाज विकासमा माकर्सवादी दृष्टिकाण’ विषय दिएका छौं । त्यसै गरी साँस्कृतिक पक्षलाई ध्यानमा राखेर आगामी पुस २१ गते नगर स्तरीय धाँ बाजा प्रतियागितां र सहिद दिवसका अवसर पारेर अन्तरनगर कराँते प्रतियोगिताका आयोजना गरेका छौं । ती सबै कार्यक्रमहरुमा सबैको साथ र सहयोगको अपेक्षा छ ।

(ख्वप माविको १९ औं, ख्वप कलेजका १७ औं र शारदा माविका २८ औं वार्षिक उत्सव समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave A Reply

Your email address will not be published.