Explore news and happenings at Bhaktapur

नाक, कान र घाँटीसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर, ६ वैशाख ।

0
भक्तपुर नगरपालिका २ नं. वडा कार्यालयको आयोजनामा शनिबार नाक, कान र घाँटीसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
शिविरको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखी सय शøयाको अस्पतालका साथै सहरी स्वास्थ्य क्लिनिकहरू सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले वडा वडामा नर्स नियुक्ति गरी घर घर गई स्वास्थ्य जाँच गर्ने बन्दोवस्त गरेको र निःशुल्क र कम शुल्कका स्वास्थ्य शिविरहरू पनि सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले कामदार जनताको लागि स्वास्थ्य नै धन भएको बताउँदै स्वास्थ्य ठीक अवस्थामा राख्न समय समयमा स्वास्थ्य परीक्षण गरिरहनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भनपा वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार भक्तपुर नपाले जनतालाई स्वास्थ्योपचार र शिक्षाको सहजमा उपलब्ध गराउन काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्यहरू श्यामसुन्दर मातां, मन्नुमाया लाखाजू जति र स्थानीय सूर्यनारायण फाजूले पनि बोल्नुभएको थियो ।
शिविरमा ख्वप अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.