Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापति र गरुडा नगरपालिकाका प्रमुख कलवारबीच भेटघाट

रौतहट । २०८१ माघ १५

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद कलवारबीच आज गरुदा नपा भेटघाट भयो । गरुदा नपाका प्रमुख कलवारले नगर प्रमुख प्रजापतिसहितको टोलीलाई खादा ओढाई नगरपालिकामा स्वागत गर्नुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर मूर्त र अमूर्त सम्पदाहरुले भरिएको नगर भएको बताउँदै भक्तपुर नपाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथभिकतामा राखेर काम गर्दै आएको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीहरुलाई शैक्षिक ऋण र छात्रवृत्तिहरु प्रदान गर्दै आएको बताउँदै नपाबाट सञ्चालित ख्वप अस्पतालले सस्तोमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
सोही क्रममा गरुडाका प्रमुख कलवारले शिक्षामा राजनीतिक चलखेल बढिरहेको हुँदा तराईको शिक्षा विकास धेरै पछाडि परेको बताउनुभयो । उहाँले ६० हजार जनसंख्या भएको गरुडाको मुख्य आम्दानीको स्रोत मालपोत र अन्य करमा आधारित रहेको पनि बताउनुभयो ।
गरुडा नपाले ४० वटा ऐन कानुन निर्माण गरी राजपत्रमा प्रकाशित गरि कार्यान्वयनमा ल्याइसकेको बताउँदै उहाँले नपाको आफ्नै प्रशासकीय भवन नभएको हुँदा त्यसको निर्माणमा ध्यान दिइरहेको र नगरबासीहरुको लागि आवश्यक सीपमूलक तालिमहरु सञ्चालनमा जोड दिइरहेको बताउनुभयो ।
भेटघाटपश्चात नगरप्रमुख प्रजापतिले नपाका महत्वपूर्ण प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो । नगर प्रमुख प्रजापतिले भक्तपुर नपाको आयोजनामा चैत्र २३ देखि २६ गतेसम्म हुने अन्तरनगर जिम्नाष्टिक प्रतियोगितामा सहभागिताको लागि अनुरोध गर्नु्भयो ।

Leave A Reply

Your email address will not be published.