Explore news and happenings at Bhaktapur

भनपाको स्थापना दिवसमा खेल प्रतियोगिता

0

भनपाको ६९ औं स्थापना दिवसको अवसरमा जनप्रतिनिधीबीच र कर्मचारीबीच हुने खेल प्रतियोगितामो समुद्‍घाटन नपा प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।भनपा प्रमुख प्रजापति र उपप्रमुख जोशीले टेबुलटेनिस खेल खेल्नुभई औपचारिक रुपमा उद्‌घाटन गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख प्रजापतिले जनप्रतिनिधि र कर्मचारी सक्रिय भए जनताको बढी सेवा हुने बताउनुभयो । उहाँले शाररिक र मानसिक रुपमा सक्रिय मानिस हरेक क्षेत्रमा सक्रिय हुने बताउनुहुँदै भनपाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।
नयाँ पुस्तालाई विकृतिबाट मुक्त पार्न र अनुशासन विकास गर्न खेलकुदको आवश्यकता रहेको औंल्याउनुहुँदै समाज संगठित र व्यवस्थित रुपमा अगाडि बढाउन र नयाँ पुस्तालाई हौसला दिन पनि खेलको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले खेलकुदले भाइचार सम्बन्ध विस्तार गर्दै समाजलाई अगाडि बढाउन मद्दत पुग्ने बताउनुभयो । शरीर स्वस्थ रहन मन, मस्तिस्क स्वस्थ हुनु आवश्यक रहेको बताउनुहुँदै शिक्षित, स्वस्थ र अनुशासित समाज आजको आवश्यकता भएको बताउनुभयो ।
भनपा वडा नं ४ का वडाअध्यक्ष कुमार चवालले स्वागत गर्नुभएको उक्त कार्यक्रममा जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । आज भएको जनप्रतिनिधिहरु बीचको टेबुलटेनिस प्रतियोगितामा वडा नं २ का वडाअध्यक्ष हरिप्रसाद बासुकला प्रथम ,उकेश कवां द्धितीय, प्रमुख सुनिल प्रजापति र वडाध्यक्ष हरिराम सुवाल तृतीय हुनुभएको थियो ।

त्यस्तै आजै भएको कर्मचारीहरु बीचको टेबुल टेनिस प्रतियोगितामा कृष्ण प्रसाद सुवाल प्रथम, विश्वनाथ सुजखु द्वितीय र दिपेन्द्र प्रजापति तथा रविनसन त्वानाबासु तृतीय हुनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.