Explore news and happenings at Bhaktapur

नेपालगन्ज उपमहानगरपालिकाका प्रतिनिधि मण्डल भक्तपुरमा

भक्तपुर २०७५ मंसीर २७ गते मंगलबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपालगन्ज उपमहानगरपालिकाका प्रतिनिधि मण्डलले भेट ग¥यो । भेटको क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले संविधान र कानूनले दिएको अधिकारभित्र रही शिक्षा, स्वास्थ्य, सरसफाई, सम्पदा संरक्षण र पर्यटनलाई प्राथमिकतामा राखी कार्य गरिरहेको जानकारी गराउनु भयो । उहाँले भक्तपुर नगरपालिकाले संचालन गरिरहेका कलेजहरुले देशको सेवा गरिरहेको बताउनु भयो । त्यसैगरी स्वास्थ्य क्षेत्रमा भनपाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा संचालन भइरहेको स्वास्थ्य केन्द्रको विस्तार गरी ख्वप अस्पताल निर्माण गर्ने कार्य शुरु भैरहेको बताउनुभयो ।


उहाँले नपाले नगरभित्रका नयाँ पुस्तालाई मौलिकता सम्बन्धी शिक्षित पार्न स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको बताउनुभयो । स्थानीय तह सञ्चालन सम्बन्धी अनुभवको आदान प्रदान गर्न यस्ता भेट कार्यक्रम उपयोगी हुने बताउनु भयो ।
साथै नपाले युवाहरु लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी गराउनुहुँदै नपाले प्रत्येक वर्ष एउटा अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको र यस वर्ष अन्तरनगर कराँते प्रतियोगिता सञ्चालन हुने जानकारी गराउनुभयो ।
भेटमा नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्षहरु प्रमोद रिजाल, दिपक कुमार बर्मा र लेखा अधिकृत राजन के.सी. समावेश थिए । भेटघाट पछि प्रतिनिधि मण्डलले नपाद्वारा सञ्चालित कलेजहरुको स्थलगत अवलोकन भ्रमण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.