Explore news and happenings at Bhaktapur

भैरवनाथ मन्दिर जीर्णोद्धारसम्बन्धी बैठक सम्पन्न

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भैरवनाथ मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक बुधबार बस्यो ।
भैरवनाथ मन्दिर जीर्णोद्धार उपभोक्ता समितिको गठन २०७४ साल फागुन १३ गते भएको थियो । उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले प्रसिद्ध भैरवनाथ मन्दिर जीर्णाेद्धार उपभोक्ता समितिमार्फत् हालसम्म गरेका कार्य प्रगतिबारे जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माणको अनुमानित लागत रु. १,४६,३६,७४५।१३ रहेका छ ।
बैठकले मन्दिर जीर्णोद्धारको क्रममा मन्दिरमा रहेका पुरातात्विक सामग्रीहरूको विस्तृत अभिलेखीकरण कार्यका लागि सदस्य सचिवमा रामगोविन्द श्रेष्ठको संयोजकत्वमा नगरपालिकाको सम्पदा शाखा, पुरातत्व विभाग, गुठी संस्थान र ख्वप इञ्जिनियरिङ कलेजका प्राविधिकहरू सम्मिलित समिति गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय गर्यो ।
मन्दिर जीर्णोद्धारको क्रममा सहृदयतापूर्वक आफूखुशी (स्वेच्छिक) आर्थिक सहयोग सामग्री सहयोग तथा दान दातब्य दिन चाहनेहरूको सहयोग संकलन गरी जम्मा गर्न भक्तपुर नपाकोतर्फबाट नेपाल बैंक लि. कमलविनायक शाखामा खाता खोल्ने र उक्त खाता सञ्चालनका लागि नगरपालिकाका लेखा प्रमुख रामसुन्दर सुजखू र भैरवनाथ मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेले र कोषाध्यक्ष पुरुषोत्तम तमखूमध्ये एकजनाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गर्यो ।
मन्दिर जीर्णोद्धारको समयावधिमा आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय, भक्तपुरमार्फत् सुरक्षा निकाय परिचालन गर्ने र मन्दिर जीर्णोद्धारको क्रममा आवश्यक काठ खरिदका लागि नपामार्फत् टिम्बर कर्पोरेशन नेपालमा प्रक्रिया अगाडि बढाउने निर्णय ग¥यो ।
साथै मन्दिर जीर्णोद्धार कार्य सहजतापूर्वक अघि बढाउन टौमढी क्षेत्रमा सवारीसाधन पार्किङ तथा आवतजावत निषेध गर्ने र त्यस विषयमा थप छलफलका लागि सरोकारवाला पक्षहरूबीच बैठक गर्ने निर्णय गर्यो ।

Leave A Reply

Your email address will not be published.