Explore news and happenings at Bhaktapur

कृषि बजार प्रवर्द्धन कार्यक्रम

भक्तपुर । २०८१ असोज १६

0
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नजिकिँदै गरेको नेपालीहरुको महान् चाड बिजया दशमी र शुभ दिपावलीको अवसर पारेर भक्तपुर नपा वडा नं. ५ भेलुखेलमा कृषि बजार प्रवद्र्धन कार्यक्रमको आयोजना भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख जोशीले भक्तपुरमा उत्पादित ताजा तरकारीलाई भक्तपुरमै सुपथ मूल्यमा बिक्री वितरण गर्ने वातावरण तयार गर्न भेलुखेलमा कृषि बजार प्रवद्र्धन कार्यक्रमलाई जोड दिएको बताउनुभयो ।
किसानहरुले विषादीरहित तरकारी उतपादनमा जोड दिनुपर्ने बताउँदै उहाँले ताजा तरकारी उपभोगको लागि भक्तपुर नपाले कौसी खेती र कम्पोष्ट मल बनाउने तालिम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुरलाई तरकारीमा आत्मनिर्भर बनाउन कृषकहरुलाई प्रोत्साहन गर्दै आएको उपप्रमुख जोशीले सोही क्रममा बताउनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कृषि क्षेत्रमा बिचौलियाहरुको संलग्नताले कृषकहरु मारमा परिरहेको बताउँदै किसानहरुले उत्पादन गरेको खाद्यान्नहरु सहज र सुलभ रुपमा बिक्री गर्ने वातावरण तयार गर्ने उद्देश्यले भक्तपुर नपाले तरकारी बजार सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताउनुभयो ।
त्यस्तै कृषि समितिका संयोजक एवम् भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले तरकारी बजार सञ्चालनमा आएसँगै कृषक तथा लघु उद्यमीहरु उत्साहित हुने बताउँदै तरकारी बजार सञ्चालनले किसानबाट उत्पादित तरकारी तथा खाद्यान्न बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छे र कृषि समितिका सदस्य एवम् भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.