श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि.को २६ औं साधारण सभा सम्पन्न
मिति २०८१ असोज १२ गते शनिबार ।
श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाको २६ औँ साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्था सहकारी सिद्धान्त, मूल्य र मान्यताअनुसार सञ्चालन गर्नु जरूरी छ भन्नुभयो ।
सहकारीले सबै पैसा बैङ्कमा जम्मा गदाए ठुला बैङ्क मालिकहरूलाई सहयोग पुग्ने भएकोले सहकारीले स–साना बचतकर्ताहरूको हितलाई ध्यानमा राखेर काम गर्नु जरूरी भएको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “सहकारीले सदस्यहरूलाई सीपमूलक तालिम दिई स्वरोजगारी हुने अवसर सृजना गर्नुपर्छ । ज्येष्ठ नागरिकहरूको जीवन सहज बनाउन आदर निकेतन सञ्चालन गर्नेतर्फ सहकारी अगाडि बढ्नुपर्छ ।”
अध्ययन र रोजगारीको नाममा युवाहरू विदेश जानेको सङ्ख्या दिनप्रतिदिन बढिरहेकोले देश युवाविहीन हुने स्थितिमा पुग्नु राम्रो लक्षण नभएको चर्चा गर्दै उहाँले सहकारीले सदस्यहरूलाई आत्मनिर्भर र स्वाभिमानी बनाउनेतर्फ ध्यान दिनु जरूरी छ भन्नुभयो ।
सहकारी संस्थाहरूले भक्तपुर नगरपालिकालाई सहयोग गरेकै कारण आज ख्वप अस्पतालले जनतालाई अक्सिजन र रगत निःशुल्क वितरण गर्न सकिरहेको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले भक्तपुर भ्रष्टाचारविरोधी इतिहास बोकेको जिल्ला भएको चर्चा गर्दै देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति सधैँ तयार रहनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशघाती एमसीसी सम्झौता र नागरिकता खारेज नहुञ्जेल नेपाली जनताले सङ्घर्ष गर्नु जरूरी छ । किसान आन्दोलनकै परिणाम मोहियानी हक पाएको हामीले बिर्सनुहुन्न ।”
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले ब्याजको लोभमा अपरिचित सहकारीमा रकम जम्मा नगर्न सदस्यहरूलाई आग्रह गर्नुभयो ।
जनता सचेत भएनन् भने त्यसको फाइदा अरूले लिनेप्रति सजग रहन हामी सबै सचेत हुुनपर्नेमा उहाँले जोड दिनुभयो ।
श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिकुलाल सुवालको सभापतित्वमा भएको उक्त सभामा जिल्ला सहकारी सङ्घ भक्तपुरका अध्यक्ष कृष्णगोविन्द लाखाले पनि बोल्नुभएको थियो ।

+7
Boo