लागू औषध ओसार प्रसार तथा दुर्व्यसन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
मिति २०८१ असोज ६ गते आइतबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी परिसर, भक्तपुर र सरोकारवाला निकायको सहभागितामा लागू औषध ओसार पसार तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम भनपा–५ टौमढी क्षेत्रमा आज सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले लागू पदार्थले मानिसको मानसिक र शारिरीक स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले यसको कुलतबाट जोगाउन युवा पुस्तालाई विभिन्न गतिविधिहरुमा लाग्न सुझाव दिनुभयो । उहा“ले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य सँगसँगै संस्कृति संरक्षणलाई महत्व दिंदै विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुहुँदै भक्तपुरको जीवन्त सहर बनाउन सबैले आ–आप्mनो क्षेत्रबाट योगदान गर्न सुझाव दिनुभयो ।
कार्यक्रमका सभापति एवं प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले लागू औषध ओसार पसार तथा दुव्र्यसन नियन्त्रणको लागि आयोजना गरिएको जनचेतनामूलक कार्यक्रमले भक्तपुरबासीलाई सकारात्मक सन्देश दिनेमा आशा व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले भक्तपुर जिल्लास्तरीय अन्तर विद्यालय कविता लेखन प्रतियोगितामा कविता वाचनका लागि छानिएका उत्कृष्ट १० जना विद्यार्थीहरुमध्ये मेरिगोल्ड ई.से. स्कूलका आन्भी पाण्डे प्रथम, मेरिगोल्ड ई. से. स्कूलकै आसुतोष पोखरेल द्वितीय, राजर्शी गुरुकुलका प्रनिसा खड्का तृतीय र गणेश मावि, सूर्यविनायकका संजिता थापामगर सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई नगद पुरस्कार, प्रशंसा पत्रका साथै अन्य उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक सानु श्रेष्ठले लागू औषध न्यूनीकरण मुख्य उद्देश्य रहेको बताउनुभयो । साथै कार्यक्रममा भक्तपुर जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छे, भनपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, पत्रकार महासंघका अध्यक्ष जगत प्रजापति लगायत कविता प्रतियोगिताका मूल्यांकनकर्ताहरु उदयराज निरौला, बीरेन्द्र नेपाल र देवी प्रसाद दाहालको उपस्थिति रहेको थियो ।