Explore news and happenings at Bhaktapur

कर्मचारीहरुबीच सहयोगी भावना हुनुपर्ने

मध्यपुर, २०८१ श्रावण १२ गते शनिबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भनपा ९ नं. वडा कार्यालयको आयोजनामा वडा कार्यालयका जनप्रतिनिधि, कर्मचारी, महिला स्वयम्सेविका र वडा नर्सको पारिवारिक भेटघाट कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले जनप्रतिनिधि र कर्मचारीहरुको एक आपसमा सहयोगी भावनाको विकास गर्न भेटघाट एवं परिचयात्मक कार्यक्रम आवश्यक रहेको बताउनुहुँदै “हामीले आफ्ना सन्ततीहरुलाई असल संस्कार, इमानदारिता र अनुशासित बनाउने प्रयास गर्नुपर्छ” भन्नुभयो ।
उहाँले शोषणरहित समाजमा मात्र जनतालाई सुख हुने भएकोले समाजवादी बन्दोबस्तको आवश्यकता रहेको बताउनुहुँदै “संघर्षशील जीवनले नयाँ पाठ सिकाउँछ” भन्नुभयो । उहाँले सामाजिक कार्यकर्ताहरुलाई जनतासँग हातेमोलो गर्दै अगाडि बढ्न निर्देशन दिनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले उत्कृष्ट नगरको रुपमा परिचित हुँदै जनताको साथ र सहयोगमा काम गरिरहेको उल्लेख गर्नुहुँदै जनताको सेवा नै जनप्रतिनिधिहरुको पहिलो धर्म हो भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले वडाको गतिविधि, पारिवारिक भेटघाटले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध सुमधुर हुने भएकोले वडाको कार्यक्षमता अभिवृद्धि हुने जानकारी दिनुभयो ।
कार्यक्रममा मथिनपा–८ का वडाध्यक्ष रमेश थापाश्रेष्ठ, भनपा कार्यपालिका सदस्य छोरीमैंया सुजखु, सहरी स्वास्थ्य क्लिनिकका इन्चार्ज कृष्णश्वरी मिलेपति, वडा नर्स दिब्या सुवाल, महिला स्वास्थ्य स्वयमसेविका मनेश्वरी कोजूलगायतले बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.