भनपा प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीद्वारा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षाको निरीक्षण
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशी भक्तपुर नगरपालिकाले शैक्षिक वर्ष २०८१/८२ को लागि छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि भनपा–६ देकोचास्थित ख्वप माध्यमिक विद्यालयमा भइरहेको छात्रवृत्ति छनोटको निरीक्षण गर्नुहुँदै ।
उक्त छात्रवृत्ति छनोट परीक्षामा विज्ञान विषयमा ४२५ जना, व्यवस्थापनमा ३०३, मानविकीमा ७, शिक्षामा ८ र कानुनमा १६ गरी कुल ७५९ जना विद्यार्थीहरुले परीक्षामा सहभागी हुन फाराम बुझाएका थिए ।


