Explore news and happenings at Bhaktapur

सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता तथा नवीकरणको लागि बायोमेट्रिक भेरिफिकेशनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर । २०८१ असार २१ गते, शुक्रबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएसँगै ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकहरुले दुःख पाएको भन्दै वडास्तरमै घम्ती शिविर सञ्चालनले नागरिकहरुलाई सहज सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता तथा नवीकरणको लागि बायोमेट्रिक भेरिफिकेशनबारे अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले समयमै राष्ट्रिय परिचयपत्र बनेन भने भत्ता पाइदैन भन्ने गलत सूचनाका कारण नागरिकहरुमा अन्यौलता छाएको बताउनुभयो ।
उहाँले त्रुटीरहित ढंगले सेवा प्रवाहमा कर्मचारीहरुलाई काम गर्न मार्गनिर्देश गर्दै स–सानो गल्तीले सेवाग्राहीलाई समस्या हुनेतर्फ सचेत हुन आग्रह गर्नुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई सहज, सुलभ र आत्मीय तरिकाले सेवा गर्न प्रेरित गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् महिला बालबालिका समाज कल्याण समितिका संयोजक रोशनमैंया सुवालले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्नुभयो भने समितिका सदस्य भूपाल मुलले स्वागत मन्तव्य राख्नुभएको थियो र एम.आइ.एस अपरेटर न्हुज किजुले बायोमेट्रिक भेरिफिकेशनबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
भक्तपुर नपाले २०८१ साउन महिनाभरि सबै वडाहरुमा घुम्ती तालिका सार्वजनिक गरी घुम्ती नविकरण शिविरमार्फत परिचय पत्र नवीकरण गर्ने व्यवस्था गरेको छ । अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, वडा सचिव र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.