Explore news and happenings at Bhaktapur

अर्थक्वेक इन्जिनियरिङ र अर्बान डिजाइन एण्ड कन्जरभेसनमा भर्ना भएका विद्यार्थीलाई स्वागत एवं अभिमुखीकरण कार्यक्रम

भक्तपुर । २०८१ असार २, आइतवार

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तहको अर्थक्वेक इन्जिनियरिङ र अर्बान डिजाइन एण्ड कन्जरभेसनमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत एवं अभिमुखीकरण कार्यक्रम आइतबार एक समारोहकाबीच सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विद्यार्थीले अध्ययन–अनुसन्धानमा जोड दिनुपर्ने र देश र जनताको सेवा हुने काममा लाग्ुनुपर्ने बताउनुुभयो ।
अध्ययन अनुसन्धानमा सक्षम र सफल विद्यार्थी आफू सन्तोष हुने र देशको लागि पनि सेवा गर्न सक्ने बताउँदै उहा“ले ती विद्यार्थीहरुको काम गराइमा उत्साह पनि बढ्छ भन्नुभयो ।
नेपाल र भारतजस्ता देशले आफ्नो देशलाई राम्रो बनाउनु भन्दा विदेशीको मुख ताक्ने प्रवृतिले बौद्धिक शक्तिको अभाव हु“दै गएकोमा उहा“ले चिन्ता व्यक्त गर्नुभयो ।
देश सक्षम र राम्रो बनाउन सरकार नै लागि पर्नुपर्छ भन्दै उहा“ले चीनको प्रगतिलाई बाधा पु¥याउन चारैतर्फबाट चीनमाथि आक्रमण गर्ने अमेरेकी नीति खोटपूर्ण छ भन्नुभयो ।
पश्चिमी देशबाट भएको सिमेन्ट र डण्डीको अनुसन्धानबाट निर्माणमा सिमेन्ट र डण्डीको प्रयोग भएकोले नेपाली माटो सुहाउ“दो निर्माणमा सहयोग पु¥याउन नेपालको भौतिक अवस्थाबारे अनुसन्धानमा जोड दिनुपर्ने आश्यकता औंल्याउ“दै उहा“ले नेपाली र विदेशीको काम गराइमा भिन्नता छ, नेपालीले काम गर्न छलफललाई जोड दिन्छ भन्नुभयो ।
कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतीले कलेजको उद्देश्यबमोजिम गुणस्तरीय शिक्षा दिने, देशभक्त नागरिक बनाउने र सक्षम प्राविधिक तयार गर्ने काम आंशिकरुपमा सफलता मिलिसकेको र पूर्ण सफलतामा पुग्नको लागि सबैले दत्तचित्त भै आ–आफ्नो काम गर्नुपर्नेमा जोड दिनुभयो ।
बौद्धिक शक्ति विदेश पलायन हुनुमा सरकार दोषी रहेको प्रष्ट पार्दै उहा“ले संयक्त राष्ट्र संघले २०३० मा विश्वमा गरिबी उन्मूलन गर्ने घोषणा गर्दैगर्दा चीनले २०२० मै गरिब उन्मूलन भएको घोषण ग¥यो । यो चीनको समाजवादी राजनैतिक बन्दोबस्तले सफलता मिलेको हो भन्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई.सुजन माकले अनुसन्धान कार्यमा टेवा पु¥याउन कलेजले राष्ट्रिय–अन्तरष्ट्रिय सम्मेलन गर्दै आएको र २०८२ सालको माघमा हुने चौंथो अन्तर्राष्ट्रिय सम्मेलनमा धेरै वटा सोधपत्रहरु आउने अपेक्षा व्यक्त गर्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई.सुनिल दुवालले रिसर्च पेपर राम्रो भएका विद्यार्थीले आफूले रोजेको विषयमा विद्यावारिधि गर्न धेरै अवसर मिल्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा.सुवेगमान बिजुक्छेले उपलब्धीमूलक अनुसन्धान कार्यमा दत्तचित्त भएर लागिपर्नुपर्ने र त्यस्तो विद्यार्थीले अरुलाई बुझाउन सक्ने बन्नुपर्छ भन्नुभयो ।
उक्त कार्यक्रममा अर्थक्वेक इन्जिनियरिङ विभागीय प्रमुख डा.मन्जिप शाक्यले अर्थक्वेक इन्जिनियरिङ भनेको स्ट्रक्चर, सिष्मोलजी र जियोलजीको संयोजन भएको बताउनुभयो ।
अर्बान डिजाइन एण्ड कन्जरभेसनका विभागीय प्रमख आ.लिवास फैजूले नया“ र व्यवस्थित सहर बनाउन विज्ञ बनाउने शिक्षा अर्वान डिजाइन एण्ड कन्जरभेसनको अध्यापनले गर्छ भन्नुभयो ।
अर्थक्वेक इन्जिनियरिङको स्नातकोत्तर तहमा नेपाल प्रथम हुन सफल ई.रोसन प्रजापतिलाई प्रमुख अतिथि बिजुक्छेँले रु.२५ हजार नगद पुरस्कार र गोल्ड मेडल तथा प्रसंशा–पत्र वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.