शैक्षिक र प्रशासनिक पक्षबारे सुझाव संकलन गर्न स्थानीयवासीको भेला कार्यक्रम सम्पन्न
मिति २०८१ असार ३ गते सोमबार
भक्तपुर । ख्वप कलेज अफ इन्जिनियरि·को आयोजनामा आज स्थानीयवासीको भेला एक समारोहका बीच कलेजको सभाहलमा सम्पन्न भयो । कलेजको शैक्षिक एवं प्रशासनिक गतिविधिबारे सुझाव संकलन गर्न आयोजित उक्त भेलामा कलेज संचालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इन्जिनियरि· कलेजलाई देशकै उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
वर्तमान समयमा धेरै विद्यार्थी उच्च शिक्षाको बहानामा विदेश जाने लहर चलिरहेको र गत १० महिनामा ९५ अर्वभन्दा बढी रकम विदेश गइसकेको तथ्याड्ढ प्रस्तुत गर्नुहु“दै विद्यार्थीलाई देशमै गुणस्तरीय शिक्षा दिने तर्फ सरकारको ध्यान जानुपर्ने आवश्यकता औल्याउनु भयो । जनतालाई सुलभ तरिकाले गुणस्तरीय शिक्षा प्रदान गर्न २०५६ सालमा ख्वप उच्च मावि स्थापना भएको बताउनुभयो । जनताको सेवाको निम्ति नगरपालिकाले कलेज खोल्नुभन्दा नीजि कलेज खोल्न सुझाएको स्मरण गर्दै व्यक्तिगत स्वार्थ भन्दा सामुदायिकको हितको निम्ति कार्य गर्नु पर्ने बताउनु भयो । कलेजहरुको स्थापना र संचालनमा जनताको रगत पसिना बगेको बताउनु हु“दै स्वार्थी मान्छे जहा“सुकै पनि हुन सक्छ जसरी रोग पाल्यो भने पछि क्यान्सर हुन्छ, त्यसरी नै संस्थालाई स्वार्थी मान्छेले सकाउने हु“दा समयमै उपचार गर्नुपर्ने बताउनु भयो । हामीले काम हेर्ने हो, व्यवहार हेर्ने हो, काम गर्ने बेलामा कमी कमजोरी हुनसक्ने तर्फ औल्याउ“दै भन्नुभयो आलोचना आत्मलोचना हुनुपर्छ, आलोचनादेखि भाग्ने होइन बरु सुधार गर्दै जानुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिका आफ्नै स्रोतमा विश्वविद्यालय संचालन गर्न सक्षम भइसकेको हु“दा मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय स्थापनाको स्वीकृति दिनुपर्नेमा ख्वप विश्वविद्यालय विध्येयक अर्थमन्त्रालयमै ठन्किएको चर्चा गर्दै जनताको सेवाको लागि ख्वप विश्वविद्यालयले १५ लाखमै एमविविएस पढाउने बताउनु भयो । । स्थानीय स्तरका काम गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सेवा गर्नुपर्ने बताउनुहु“दै आर्थिकरुपमा कमेजार विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाले रु पा“च लाखसम्म सहुलियत दरमा शैक्षिक ऋण उपलब्ध गराउ“दै आएको बताउनुभयो ।
कार्यक्रममा कलेज संचालक समितिका सदस्य, एवं भनपा ९ नं. वडाका वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले विभिन्न आवास योजना जनताको सेवा सुविधाको लागि नै संचालन गरिरहेको बताउनुभयो । लिवाली आवास योजना भक्तपुरकै एउटा शैक्षिक गन्तव्य भएको बताउनुहु“दै भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्रको रुपमा विकास गर्न भक्तपुर नगरपालिकाले ८ वटा शैक्षिक संस्थाहरु संचालन गरिरहेको तथा ख्वप विश्वविद्यालय संचालन तयारीमा रहेको बताउनुभयो । नगरपालिकाद्वारा जनतालाई के कस्ता सेवाहरु प्रदान गर्न सकिन्छ त्यस विषयमा अनुसन्धान गर्नुपर्ने तथा अनुसन्धानबाट आएका निस्कर्षहरु कार्यान्वयन गर्दै लानु पर्ने बताउनुभयो । स्थानीयवासीको रचनात्मक सल्लाह सुझावहरु कलेज विकासको लागि आवश्यक भएको बताउनु हु“दै निर्धक्क रुपमा सल्लाह सुझाव उपलब्ध गराउन आब्हान गर्नुभयो ।
कार्यक्रममा कलेज संचालक समितिका सदस्य, एवं भनपा ८ नं. वडाका वडाध्यक्ष कृष्ण प्रसाद कोजूले इन्जिनियरि· कलेजका प्राविधिकहरुले जनतास“ग प्रत्यक्षरुपमा जोडिएर विकास निर्माणको काममा हातेमालो गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा ख्वप इन्जिनियरि· कलेजका प्राचार्य ई. सुजन माकले देशको इन्जिनियरि· शिक्षाका दुवै कलेजको अतुलनीय योगदान रहेको बारे चर्चा गर्दै सबैको साथ सहयोगले शैक्षिक गुणस्तर वृद्धि हु“दै आएको बताउनुभयो । कलेजको विकास तथा गुणस्तर अभिवृद्धिको लागि नियमित रुपमा सुझाव संकलन बाहेक अप्रत्यक्ष रुपमा पनि सुझाव उपलब्ध गराउन अनुरोध गर्नुभयो । कार्यक्रममा कलेजमा प्राचार्य ई. सुनिल दुवालले स्थानीयवासीको भेलाको औचित्यमाथि प्रकाश पार्दै समुदायमा आधारित भई संचालित कलेजको रेखदेख तथा अनुगमन पनि समुदायले नै गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रशासन शाखा प्रमुख सन्जय मानन्धरले पनि बोल्नु भएको थियो । उक्त कार्यक्रममा उपस्थित वडावासी महानुभावहरुले कलेजको शैक्षिक एवं प्रशासनिक पक्षसम्बन्धमा सुझाव दिनुभयो ।