Explore news and happenings at Bhaktapur

चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको नेतृत्वमा आउनुभएको प्रतिनिधिमण्डललाई भक्तपुरमा स्वागत

भक्तपुर । २०८१ असार २

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको नेतृत्वमा आउनुभएको प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा खादा, भादगाउँदले टोपी र पुष्पगुच्छाले स्वागत गर्नुभयो ।
टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको कला संस्कृति संरक्षणमा भक्तपुर नपाले विशेष जोड दिँदै आएको बताउनुभयो ।
भ्रमणका क्रममा उपाध्यक्ष पाथ अरले भक्तपुरले गरेको न्यानो स्वागतको लागि धन्यवादज्ञापन गर्दै भक्तपुर कला र संस्कृतिमा निकै समृद्ध नगर भएको बताउनुभयो । उहाँले जीवन्त नगरको अवलोकन भ्रमण गर्न पाउँदा निकै गौरवको अनुभूति भएको बताउँदै चीन–नेपालबीचको मित्रता अमर रहने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ प्रतिनिधिमण्डल टोलीले भक्तपुरको स्थानीय उत्पादन र मृतिका कलाबारे चासो व्यक्त गरेका थिए ।
टोलीले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरु दरबार क्षेत्र,
पोटरी स्क्वायर, टौमढी हुँदै फसिः देगको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो । सोही क्रममा दुवै पक्षबीच मायाको चिनो आदानप्रदान भएको थियो ।
उक्त कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, कार्यपालिका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो भने चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका सदस्यहरु छि चाल, एवई च्यून, वन सु का·, यान च्यूए, वाङ चो·यी, लीन मियाओलगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.