प्रमुख प्रजापतिद्वारा सैनिक आवासीय महाविद्यालयमा भएको खोप अभियान निरीक्षण
२०८० फागुन १९ गते, शनिबार
भक्तपुर नगरपालिकाभित्र सञ्चालित दादुरा रुबेला खोप अभियानअन्तर्गत आज सैनिक आवासीय महाविद्यालयमा भएको खोप अभियान निरीक्षण गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति । प्राप्त जानकारी अनुसार सैनिक आवासीय महाविद्यालयका करिब १००० भन्दा बढी विद्यार्थीहरुले आज दादुरा रुबेला खोप लगाएका छन् ।