Explore news and happenings at Bhaktapur

गौरवपूर्ण इतिहास बोकेको सम्पदा संरक्षणले नयाँ पुस्ता लाभान्वित

भक्तपुर, १८ फागुन ।

0
भक्तपुर नगरपालिका वडा नं. १ स्थित ऐतिहासिक भाजु पोखरी पुनःनिर्माण कार्य सम्पन्न भइसकेकोले फागुन २५ गते उद्घाटन हुँदै छ । यस विषयमा तयारी गर्न शुक्रबार वडावासीहरूको भेला सम्पन्न भयो ।
उक्त भेलामा नगर प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माण कार्य आफैमा सेवा भएको चर्चा गर्दै जनता आफै मिलेर गौरवपूर्ण इतिहास बोकेको सम्पदा संरक्षणले नयाँ पुस्ता लाभान्वित हुनेछ भन्नुभयो ।
सेनाको नियन्त्रणमा रहेको रानीपोखरी सर्वसाधारणको लागि खुला गर्न तत्कालीन प्रधानसेनापतिबाट सहयोग प्राप्त भएको उल्लेख गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “२०५८सालबाट संरक्षण कार्य सुरू भएको भाजु पुखु पुनः निर्माण कार्य २०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूबाट सुरू भयो । पुरानो शैली र स्वरूपमा पोखरी निर्माण हुनु खुसीको कुरा हो ।”
भक्तपुरको आजको विकार र रूपान्तरणमा नेमकिपाका अग्रज कार्यकर्ताको योगदान अविस्मरणीय रहेको उहा“ले बताउनुभयो ।
प्रमुख प्रजापतिले पोखरी पुनःनिर्माण कार्यले पर्यटकीय गन्तव्यस्थल बनाउने पाइलामा सहयोग पुग्ने चर्चा गर्दै उद्घाटन कार्यक्रम भव्यरूपमा सफल पार्न वडावासीको सहयोग अत्यावश्यक भएको बताउनुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भाजु पोखरीको उद्घाटन शिवरात्रीको दिन गरिने र यसले भक्तपुरको आर्थिक प्रवद्र्धनमा टेवा पुग्ने आशा व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा सक्रिय सहभागी हुन वडावासीमा अनुरोध गर्दै वडाध्यक्ष खत्रीले उद्घाटन पूर्व नासमनामा जम्मा भई त्यहा“बाट ¥यालीसहित उद्घाटन स्थल पुग्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा वडा सदस्यद्वय सूर्यप्रसाद श्रेष्ठ र ग·ालक्ष्मी बमनुले पनि बोल्नुभएको थियो ।
भाजुपोखरीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) प्रमुख आतिथ्यमा हुने र सोही अवसरमा भक्तपुर नगरपालिकाबाट प्रकाशित ‘भाजु पुखु र जलेश्वर मन्दिर पुनःनिर्माण’ पुस्तक बिमोचन हुनेछ ।

Leave A Reply

Your email address will not be published.