Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा भक्तपुर कप फुटबल प्रतियोगितामा भाग लिएका खेलाडीहलाई जर्सी वितरण

भक्तपुर । २०८० फागुन १७ गते, बिहीबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजातिद्वारा भक्तपुर युवा टीमको आयोजनामा २०८० फागुन १८ गतेबाट भक्तपुरको माहेश्वरी खेलमैदानमा हुने तेस्रो भक्तपुर कप फुटबल प्रतियोगितामा भाग लिएका खेलाडीहरुसँग भेटघाट तथा खेलाडीहरुलाई जर्सी वितरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
खेलाडीहरुलाई मार्गनिर्देश गर्दै नगर प्रमुख प्रजापतिले खेलाडीहरुमा आत्मबल, एकाग्रता र अनुशासन हुनुपर्ने बताउँदै खेलाडीहरुलाई उत्साहित गर्ने गतिविधिमा नपाले जोड दिँदै आएको बताउनुभयो ।
उहाँले राम्रो खेलाडी बन्न विश्वप्रख्यात खेलाडीहरुको जीवनी अध्ययनमा जोड दिनुपर्ने बताउँदै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने मनोभावनाले खेल्नुपर्ने बताउनुभयो ।
आफ्नो रुचिअनुसारको क्षेत्रमा आफ्नो सीप विकास गर्नेतर्फ जोड दिनुपर्ने बताउँदै उहाँले समाजमा विकासमा खेलाडीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेलाडीहरुलाई शुभकामना दिँदै अनुाशासित भएर प्रतियोगितामा सहभागी हुन प्रेरित गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.