Explore news and happenings at Bhaktapur

हनुमन्ते खोला सुधार कार्यअन्तर्गत रिटेनिङ्ग वाल निर्माणमा देखिएका समस्याबारे छलफल

मिति २०८० साल फागुन १४ गते सोमबार ।

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा अधिकार सम्पन्न बागमती सभ्यता विकास समिति र केयूकेएल (पि.आई.डी.)का प्रतिनिधिहरुसँग हनुमन्ते खोला सुधार कार्यका लागि रिटेनिङ्ग वाल निर्माण कार्यमा देखिएको समस्या विषयमा छलफल सम्पन्न भयो ।
सो बैठकमा हनुमन्ते खोला किनारमा २० मिटर बहाबक्षेत्र कायम गरी भक्तपुर नपाबाट रिटेनिड्ड वाल निर्माणको क्रममा खोला किनारमा KUKL (PID) बाट यस अघि विछ्याइएको ढलको Alignment को कारण देखिएको समस्याबारेमा छलफल गरियो ।
बैठकले ढलको पाइपको Realignment नगरीकन सो रिटेनिङ्ग वालको कार्य अगाडि बढाउन नसकिने देखिएको र भक्तपुर नपाबाट ठेक्कामार्फत कार्यान्वयन भइरहेको सो योजनाको कार्य अगाडि बढाउन ढलको पाइप Realignment तत्काल गर्नुपर्ने देखिएकोले सो समस्याको बारेमा जानकारीसहित तत्काल ढलको पाइपको Realignment गर्ने व्यवस्था मिलाइ सहजीकरण गर्न KUKL(PID) लाई पत्राचार गर्ने निर्णय गर्यो ।
छलफलमा भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवां, वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, PID का आयोजना व्यवस्थापक योगेन्द्र चित्रकार, अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिका आयोजना उपनिर्देशक उद्धब नेपाल, सर्भेक्षक चेतनाथ पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.