Explore news and happenings at Bhaktapur

पसल व्यवसायीहरुको भेला सम्पन्न

भक्तपुर । २०८० फागुन १४ गते, सोमबार

0
भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढी क्षेत्रका पसल व्यवसायीहरूको भेला सोमबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
उक्त भेलामा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या क्रमशः बढ्ने क्रममा रहेको बताउँदै नगरको पर्यटन क्षेत्रलाई गन्तव्यस्थलका रुपमा विकास गर्न यहाँका जीर्ण ऐतिहासिक सम्पदाहरु पुनःनिर्माण, लोपोन्मुख अवस्थामा रहेका ऐतिहासिक पोखरीको उत्खनन् तथा पुनःनिर्माण, जात्रा पर्व र संस्कृतिको संरक्षणमा जोड दिँदै आएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगर क्षेत्रभित्र सञ्चालित पसल–व्यवसाय, उद्योग आदि प्रचलित ऐन कानुनअनुसार नगरपालिकामा दर्ता गरी नगरको सरसफाइ, सम्पदा संरक्षण र विकास निर्माणमा समेत योगदान पु¥याउन व्यवसायीहरुमा अनुरोध गर्नुभयो ।
भक्तपुरको शान्ति सुरक्षा, सरसफाइ, बजार व्यवस्थापन आदिमा नपाले विशेष जोड दिँदै आएको बताउँदै पर्यटन उद्योगको विकासले देशको अर्थतन्त्र मजबुत बनाउने धारणा राख्नुभयो ।
वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दा अरुलाई कुनै पनि किसिमको अप्ठेरो नहुने किसिमले व्यवसाय गर्नुपर्ने बताउँदै नगरमा आन्तरिक र बाह्य पर्यटकहरुको आगमले नगर र देशकै समृद्धिलाई योगदान पुग्ने बताउनुभयो ।
नगरपालिकाको श्यानिटेशन उपशाखाका प्रमुख दिलिपकुमार सुवालले नगरलाई सफा र स्वच्छ राख्नु सबै नगरबासीहरुको कर्तव्य भएको बताउँदै पसल व्यवसायहरु व्यवस्थापनले पनि गरको सुन्दरता कायम गर्न अझ टेवा पुर्याउने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.