Explore news and happenings at Bhaktapur

राजधानी र प्रधानमन्त्रीका केही सहरहरु विकास गर्दैमा देशको सन्तुलित विकास नहुने

२०८० फागुन १२ गते शनिबार ।

0
भक्तपुर नगरपालिका वडा नं. ९ अन्तर्गत तुमचो दुगुरे चोखा आवास क्षेत्रका खानेपानी उपभोक्ताहरुको वृहद् भेला तथा ठेगाना प्रणालीबारे जानकारी सभा शनिबार एक समारोहबीच सम्पन्न भयो ।
स्थानीय कलाकारहरुको सा“स्कृतिक धुनसंगै सभाको समुद्घाटन गर्नुहु“दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं माननीय सा“सद प्रेम सुवालले काठमाण्डौ उपत्यकामा देशैभरिबाट मानिसहरुको ओइरो लागेपछि खानेपानीको अभाव, प्रदुषण, फोहरमैया व्यवस्थापनमा जटिलता आउन थालेको चर्चा गर्दै उपत्यका वरिपरिका डा“डाहरुलाई संरक्षण गरी मूल फुट्ने जातका रुख विरुवा रोप्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहा“ले राजधानी र प्रधानमन्त्रीका केही सहरहरु विकास गर्दैमा देशको सन्तुलित विकास नहुने प्रष्ट पार्दै देशको राजधानी काठमाण्डौबाट पश्चिमको दाङमा सार्नुपर्ने पार्टीको अडान पुनः दोहो¥याउनुभयो ।
सिंहदरवारको पक्षपातले देश विकास नभएको उहा“को तर्क थियो । प्रमुख अतिथि सुवालले भन्नुभयो, ‘गाउ“घरमा राम्रा पूर्वाधारसहितका विद्यालय भवनहरु छन् तर विद्यार्थी छैनन्, परिवारसहित सबै सहरबजार सरे, सहरबाट पनि युवाहरु लाखौंको संख्यामा विदेश पलायन भए, किन ? किनभने सिंहदरवारले पक्षपात ग¥यो ।’
उहा“ले प्रधानमन्त्री र मन्त्रीहरु स्वअनुशासनमा नबसेकोले देशले दुर्दशा भोग्नुपरेको उल्लेख गर्दै २०७४ देखि २०७९ सम्मको अवधिमा संसदमा जनताको आवाज एक शब्द पनि नबोलेका माननीय २०७९ को निर्वाचनमा पुनः जितेका छन् भन्नुभयो । मतदाताहरुलाई राजनैतिक चेतनाको सट्टा पद र पैसाको लोभ देखाएर निर्वाचन जितेकाहरुले भ्रष्टाचार मात्र गरिरहेको उहा“को भनाइ थियो ।
मेलम्ची र जमिनमूनिको पानी दुवैको भर नभएको जिकिर गर्दै प्रमुख अतिथि सुवालले भन्नुभयो, ‘हरिया जंगलहरुको संरक्षण गरी बर्षातमा सतहको पानी जम्मा गर्ने संरचनाहरु निर्माण गरी हिउ“दमा समेत पानी उपभोग गर्न सकिने व्यवस्था मिलाउनु पर्छ, जमिनमूनि पानी पुनर्भरण गर्ने प्रविधि अपनाउनु पर्छ ।’ उहा“ले सार्वजनिक सम्पतिको संरक्षण गर्ने नागरिक कर्तव्य रहेकोतर्फ सबैलाई सचेत गराउनुभयो ।
सभामा पार्टी भनपा ९ वडा समितिका दिलभक्त कोजूले भक्तपुरको पुरानो बस्तीलाई सा“स्कृतिक क्षेत्र घोषणा गर्न ढिलाई गर्न नहुने र वरिपरिका नया“ बस्तीहरुलाई जनचाहना अनुसार आधुनिक सुविधासम्पन्न आवासीय भवन निर्माण गर्ने हेतुले पार्टीको निर्देशनमा आवास योजनाहरु संचालन गरेको बताउनुभयो । उहा“ले पिउन योग्य खानेपानी जनताको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै यसको व्यवस्थापनको लागि जनप्रतिनिधिहरु लाग्नुपर्ने र सरोकारवाला निकायहरुलाई घच्घच्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले तुमचो दुगुरे चोखा आवास योजना जनताकै पैसाबाट नगरपालिकाले अघि बढाएको चर्चा गर्दै जनताका आवश्यकताहरु पूरा गर्दै नमूना बस्तीको रुपमा विकास गर्न लागिपरेको बताउनुभयो । उहा“ले खानेपानी व्यवस्थापनमा सहयोग गर्ने सबैलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । खानेपानी ट्यांकी रहेको स्थान ऐतिहासिक स्थल भएको उल्लेख गर्दै त्यस ठाउ“मा पुरानो शैलीको ढुङ्गेधारा र पोखरीसहितको बगैंचा बनाउने गुरुयोजना तयार भइसकेको उहा“ले जानकारी दिनुभयो ।
वागमती प्रदेश खानेपानी तथा सरसफाइ ५ नंं डिभिजन कार्यालयका प्राविधिक ई. ओमहरि ताम्राकारले उपभोक्ता समितिप्रति सबै उपभोक्ताहरुको अपनत्व हुने हु“दा यसका गतिविधि तथा आर्थिक हिसाव पारदर्शी गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो । उहा“ले जमिनमूनिको पानी सफा गर्न गा¥हो हुने र २६ प्रकारका विभिन्न परीक्षणहरु गर्नुपर्नेमा सचेत गराउनुभयो । उहा“ले मेसिनले बुस्ट गरेर उपभोक्ताहरुको घरघरमा पानी वितरण गर्दा चालू खर्च धेरै बढ्ने हु“दा दीर्घकालीन व्यवस्थापनको लागि ओभरहेड ट्यांकी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिका कोषाध्यक्ष एवं नगर कार्यपालिका सदस्य छोरीमैया सुजखूले आयोजना संचालन भएदेखि गत फागुन ७ गतेसम्मको आर्थिक विवरण पेश गर्नुभयो ।
तुमचो दुगुरे चोखा आवास क्षेत्र ठेगाना प्रणाली उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद दुमरुले वस्ती विकाससंगै चोक, सडक र घरहरुको व्यवस्थित एवं वैज्ञानिक नामाकरण तथा नम्बरिङ कार्य भएको बताउनुभयो । यस क्रममा यस क्षेत्रका ऐतिहासिक नामहरुलाई पुनर्जीवन दिईएको उहा“ले जानकारी दिनुभयो । प्राविधिकहरुले ठेगाना प्रणालीलाई गुगलमा अपलोड गरी इन्टरनेटको सुविधा नहु“दासमेत सबैले प्रयोग गर्न सकिने बनाउन आवश्यक तयारी गरिरहेको उहा“को भनाइ थियो ।
सभामा उपभोक्ता समितिका सचिव लक्ष्मी प्रसाद कुसी र सहसचिव विष्णुराम दुमरुले खानेपानी व्यवस्थापन कार्यमा स्थानीय जनताहरुको साथ र समर्थन रहेकोमा खुशी व्यक्त गर्दै यस क्षेत्रको विकास निर्माणका हरेक कृयाकलापमा निरन्तर साथ रहने विश्वास व्यक्त गर्नुभयो । उक्त सभामा प्रमुख अतिथि माननीय सा“सद सुवालले ठेगाना प्रणाली कार्यान्वयनका लागि घरदैलो अभियानमा लाग्ने विद्यार्थीहरुलाई कदर पत्र वितरण गर्नुभयो । प्रमुख अतिथिले खानेपानी फिल्टे«शन प्लान्ट र ट्यांकीको स्थलगत निरीक्षण समेत गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.