Explore news and happenings at Bhaktapur

जनतालाई समाजवादी व्यवस्था र पुँजीवादी व्यवस्थाको भेदबारे सचेत पार्नु आवश्यक

फाल्गुन १३, २०८०

0
ख्वप अस्पतालमा कार्यरत कर्मचारीको भेला तथा प्रवचन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुँजीवादी व्यवस्थामा सरकारी सङ्घ–संस्था ध्वस्त बनाई निजी सङ्घ–संस्थाहरूलाई पोस्ने काम गर्ने स्पष्ट पार्दै जनतालाई समाजवादी व्यवस्था र पुँजीवादी व्यवस्थाको भेदबारे सचेत पार्नु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पताललाई ध्वस्त बनाई निजी अस्पताललाई फाइदा पु¥याउन चालेको चाललाई भक्तपुर नगरपालिकाले हस्तक्षेप गरी उक्त अस्पताललाई सरकारी अस्पताल बनाउने सफल भएको प्रमुख प्रजापतिले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “ख्वप अस्पतालको १६ करोड बक्यौता अहिलेसम्म पनि सरकारले पठाएको छैन । पुँजीपतिहरूको सञ्चालक समितिको रूपमा रहेको पुँजीवादी सरकारले जनतालाई दुःख दिने नियत स्पष्ट छ । यसको विरोधमा हाम्रो सङ्घर्ष जारी रहनेछ ।”
पुँजीवादी गठबन्धनको सरकारले देशमा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रहरूमा व्यापक भ्रष्टाचार गरिरहेकोले देशको अर्थतन्त्र कमजोर हुँदै गएको हो । देशमा रोजगारीको अवसर सृजना गर्नुको सट्टा युवाहरूलाई विदेश पलायन गराउने कार्य देशद्रोही हो, प्रमुख प्रजापतिले भन्नुभयो ।
जनताको इमानदारीपूर्वक सेवा गर्ने भावना भएमात्र सेवाग्राहीले सहजरूपमा सेवा पाउन सकिने धारणा राख्दै उहाँले कर्मचारीको व्यवहार शिष्ट, सुसंस्कृत र व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले पार्टीको निर्वाचन घोषणापत्रअनुसार इमानदारीपूर्वक कार्य गरिरहेकै कारण आज भक्तपुर अरू स्थानीय निकायको लागि अध्ययनको विषय बनेको बताउनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारीहरू असल, इमानदार र कर्तव्यनिष्ठ हुनुको साथै देशभक्त पनि हुनु आवश्यक भएकोले कर्मचारीले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे जानकार हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कर्मचारीहरू राजनीतिक र सांस्कृतिकरूपमा प्रशिक्षित र तिनीहरू इमानदार भए देशमा भ्रष्टाचार, पक्षपात र बेइमानीजस्ता घटना न्यून हुनेछ । कर्मचारीहरूले आफ्नो कमजोरी लुकाउनुभन्दा सच्याउनु आवश्यक छ ।”
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले भक्तपुर जिल्लाको स्वास्थ्य क्षेत्रमा प्रगति हुनुमा नेमकिपाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका वरिष्ठ मेडिकल अफिसर डा. रत्नुसन्दर लासिवा, इन्टरनल मेडिसिन विशेषज्ञ डा. अमर प्रजापति र प्रज्ज्वल खत्रीले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.