Explore news and happenings at Bhaktapur

“हामीले नेपाल चीनबीच विभिन्न क्षेत्रमा सहकार्यको वातावरण सिर्जना गर्नेछौं”– छन सोङ्ग, नेपालका लागि चिनियाँ राजदूत

२०८० फागुन २ गते बुधबार ।

0
यहाँहरु सबैलाई चिनियाँ नयाँ बर्षको अवसरमा आयोजित यस साँस्कृतिक प्रदर्शनीमा हार्दिक स्वागत गर्दछु।
सर्बप्रथम, आजको यस कार्यक्रम सफल बनाउन कार्यक्रमको तयारीमा महत्वपूर्ण र बलियो सहयोग गर्नु भएकोमा म भक्तपुर नगरपालिकालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। साथै चीन-नेपाल मित्रता र सहकार्यलाई अझ गहिरो बनाउन सकारात्मक योगदान पुर्याउनु हुने सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
भक्तपुर नेपालको साँस्कृतिक राजधानी हो। भक्तपुर नेपालको मध्यकालीन बास्तुकला र सँस्कृतिको जन्मस्थल पनि हो। भक्तपुरको बिशिष्ट प्रकारको कला र सँस्कृतिले संसारभरका पर्यटकहरुलाई आकर्षित गर्छ। चिनियाँ नयाँ बर्षको अवसरमा आयोजित आजको यस साँस्कृतिक प्रदर्शनी भक्तपुरका जनता र यहाँ पाल्नुभएका पर्यटकहरुको निम्ति एक फरक प्रकारको अनुभव हुनेमा म बिश्वस्त छु।
चिनियाँ नयाँ बर्ष अर्थात बसन्तको चाड चिनियाँ सँस्कृतिमा सबभन्दा पुरानो र महत्वपूर्ण परम्परागत चाड हो, लाखौं परिवारहरुलाई एकताबद्ध गर्ने र पुरानोलाई त्यागेर नयाँ अंगाल्ने उत्सव पनि हो। गएको बर्ष सम्पन्न संयुक्त राष्ट्र संघको ७८औं महासभाकोले चिनियाँ नयाँ बर्षको दिनलाई छुट्टीको दिन घोषणा गर्ने प्रस्ताव एकमतले पारित गरेको थियो। बिभिन्न सभ्यताहरुबीचको आदानप्रदान र आपसी सिकाईलाई प्रबर्द्धन गर्न यो प्रस्तावले बल पुर्याउनेछ। यो राष्ट्र्पति सी चिनफीङ्गले आगाडि सार्नु भएको ‘बिश्वब्यापी सभ्यता अगुवाई’को एक ज्वलन्त नमूना पनि हो।
यो बर्ष नेपाल स्थित चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्डलगायत बिभिन्न संघ संस्थाहरुको अगुवाइमा बसन्तको चाड अर्थात चिनियाँ नयाँ बर्षको अवसरमा पहिलो पटक नेपालमा शृङ्खलाबद्ध कार्यक्रमहरु आयोजना गरिएको हो। यस क्रममा सम्पन्न भएका युन-नान प्रान्तको अन्तराष्ट्रिय बसन्त महोत्सव तथा नयाँ बर्षको स्वागत कार्यक्रम, आनहुई प्रान्त साँस्कृतिक टोलीको शुभ बसन्त महोत्सव, तिब्बती नयाँ बर्षको अवसरमा साँस्कृतिक कार्यक्रम, चिनियाँ लालटिन प्रदर्शनी जस्ता कार्यक्रमहरुले नेपालमा चिनियाँ नयाँ बर्षको उत्साहपूर्ण वातावरण सृजना गरेको छ। आज हामी चिनियाँ ड्र्यागन नाच, सिंह नाच र छीलीन नाच सहितको साँस्कृतिक प्रदर्शनीमा छौं।
ड्र्यागन चिनियाँ जातिको ‘टोटेम’ अर्थात आध्यात्मिक प्रतिक हो। उर्जावान र शक्तिशाली भव्य रुप तथा बहादुर र निडर आत्मा भएको ड्र्यागनसंग संसारलाई काबुमा राख्न सक्ने अतुलनीय शक्ति भएको मानिन्छ। ड्र्यागन बर्ष शुरुभएको यस अवसरमा म चीन नेपाल दुबै देश ड्र्यागनको जुझारु भावनालाई ब्युताउँदै, ड्र्यागन जस्तै उडेर कडा परिश्रम, सृजनशीलता र समर्पणको भावना सहित हातमा हात मिलाएर सुन्दर भविष्य तर्फ द्रुत गतिमा अगाडि बढ्न सकुन् भन्ने कामना गर्दछु।
यो बर्ष जनगणतनत्र चीन स्थापनाको ७५औं बर्षगाँठ हो। त्यसैगरी अर्को साल चीन-नेपाल दौत्य सम्बन्ध स्थापनाको ७०औं बर्षगाँठ पर्छ। यो नयाँ ऐतिहासिक बिन्दुमा उभिएर चीन-नेपाल सम्बन्धले नयाँ अवसर र सम्भावनाहरुलाई स्वागत गरिरहेको छ। हामीले सी चिनफीङ नयाँ युगको चिनियाँ बिशेषता सहितको समाजवादको सिद्धान्त, बिशेषतः सी चीनफीङ्गको बिदेश मामिला सम्बन्धी बिचारको मार्गनिर्देशनमा मानव जातिको साझा भविष्य निर्माणलाई केन्द्रबिन्दुमा राख्दै नेपाल चीन बीच बिभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्यको नयाँ वातावरण सृजना गर्नेछौं।
अन्त्यमा,
चीन नेपाल दुबै देशमा शान्ति र समृद्धिको निम्ति कामना गर्दछु। दुबै देशका जनताले चिताएका कुरा पुरा होस्, ड्र्यागन बर्षको शुभकामना !
भक्तपुरका जनतामा घरघरमा शुख भित्रियोस्, नयाँ बर्षको शुभकामना !
धन्यवाद !
(मिति २०८० फागुन २ गते चिनियाँ नयाँ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष साँस्कृतिक प्रदर्शनमा नेपालका लागि चिनियाँ राजदूत महामहिम छन सोङ्ग व्यक्त गर्नुभएको मन्तव्यको सार संक्षेप)

Leave A Reply

Your email address will not be published.