Explore news and happenings at Bhaktapur

भक्तपुरको स्थानीय स्काउट आयुक्त पदमा बनमाला

२०८० फागुन ३ गते बिहीबार ।

0
भक्तपुर नगरपालिकाका प्रमुख एवं स्थानीय स्काउट संरक्षक सुनिल प्रजापतिले नेपाल स्काउट नियमावली, २०७७ को नियम २१ को उपनियम (क) बमोजिम बालकृष्ण बनमालालाई स्काउटको स्थानीय आयुक्त पदमा मनोनयन गर्नुभयो ।
नेपाल स्काउटको आयुक्तको रुपमा मनोनयन भएका बनमालालाई भनपा सभाकक्षमा मनोनयन पत्र हस्तान्तरण बिहीबार गर्नु भएको हो । सो अवसरमा राष्ट्रिय प्रशिक्षकहरु रामगोपाल कर्माचार्य र भक्त राजभण्डारी तथा राष्ट्रिय परिषद् सदस्य एवं पूर्व स्थानीय आयुक्त कृष्णसुन्दर प्रजापतिको उपस्थिति रहेको थियो ।
मिति २०८० माघ २६ गते सम्पन्न निर्वाचनबाट स्थानीय स्काउट परिषद्मा विजयी हुनु भएका पदाधिकारीहरुलाई भनपा सभाकक्षमा माघ २९ गतेनै ११ जना निर्वाचित सदस्यहरुलाई बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न गरेको थियो । स्काउट नियमावलीमा निर्वाचित भएको सात दिनभित्र संरक्षकले स्थानीय आयुक्त मनोनयन गर्ने व्यवस्था रहेको छ ।
May be an image of 5 people and text

Leave A Reply

Your email address will not be published.