Explore news and happenings at Bhaktapur

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न : आगामी फागुनमा अन्तरनगर “महिला कबड्डी प्रतियोगिता” गर्दै

भक्तपुर । २०८० माघ २७, शनिबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा २०८० माघ २१ गतेदेखि माघ २७ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद (टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल) प्रतियोगिता माघ २७ गते शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको ‘पुरस्कार वितरण तथा समापन कार्यक्रम’ मा १५ वटा विभिन्न खेलकुदका विजयी खेलाडी र विद्यालयहरूलाई मेडल, खेलकुद सामग्री र सिल्ड वितरण गरियो ।
समापन कार्यक्रममा सांसद सुवालले खेलकुद अनुशासन, स्वास्थ्य र मित्रताको लागि खेलिनुपर्ने बताउँदै खेलकुदले हाम्रो बीच मित्रता बढाउने र खेलकुदबाट जोडिएको मित्रता जीवनभरसम्म कायम हुने बताउनुभयो ।
खेलकुदमा हार जित स्वाभाविक विषय भएको बताउँदै खेलकुदले नयाँ पुस्ताका युवा विद्यार्थीहरुको स्वास्थ्य राम्रो बनाउँछ र अनुशासित भएर जिउन सिकाउँछ भन्नुभयो ।
सांसद सुवालले खेलकुदलाई संविधानको मौलिक हकको रुपमा राखिनुपर्ने आवाज निरन्तर संसदमा उठाइरहेका बताउँदै खेलमैदान, खेलकुद भवन र व्यायामशालाको संख्या धेरै भयो भने नागरिकहरु पनि स्वास्थ्य हुन्छन् भन्नुभयो ।
विद्यालय र कलेजका भवन वरिपरि सरकारले खेलमैदान, खेलकुद सामाग्रीको बन्दोबस्त गर्नुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय खेलकुद परिषद् र जिल्ला जिल्लाको खेलकुद समितिहरुमा खेलकुदमन्त्रीले आफ्नो व्यक्ति नियुक्ति नगरी खेलाडीहरु बीचबाट निर्वाचन गरी योग्य र इमानदार मान्छेलाई खेलकुदको जिम्मा दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपालका ८० लाख युवाहरुलाई १७१ भन्दा बढी देशमा सस्तो ज्यामी बन्न पठाइरहेको सन्दर्भ जोड्दै उहाँले नेपालका नदीनालाबाट उत्पादित बिजुली नेपालीहरुलाई खाना पकाउन, कृषि, उद्योग, व्यापार चलाउन सस्तोमा दिनुपर्ने पक्षमा संसदमा आवाज उठाइरहेका चर्चा गर्नुभयो ।
उहाँले तेस्रो विश्वयुद्ध दक्षिण एसियामै हुने खतराबारे प्रष्ट पार्दै संसारका न्यायाप्रेमी जनताले युद्धको विरोध गरी शान्तिको पक्षमा आवाज उठाइरहेको बताउनुभयो ।
युक्रेनमा रुसविरुद्ध अमेरिकाको छद्म युद्ध र इजारयली फा“सीवादलाई अमेरिकी सरकारले हातहतियार उपलब्ध गराएर प्यालेस्टाइनी जनताको भूमि कब्जा र नरसंहारजस्ता गतिविधिले तेस्रो विश्वयुद्ध एसियामै हुने अझ प्रष्ट भइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यस वर्ष भक्तपुर नपाले फागुनको अन्तिम सातामा अन्तरनगर ‘महिला कबड्डी प्रतियोगिता’’ गर्ने घोषणा गर्नुभयो ।
उहाँले सप्ताहव्यापी रुपमा सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ७८ वटा विद्यालयको सक्रिय सहभागिताले भक्तपुर नपालाई अगामी दिनहरुमा यस्ता खेलकुद गतिविधि सञ्चालन गर्न ऊर्जा मिलेको बताउनुभयो ।
सक्रिय व्यक्तिको आयु लामो हुने बताउँदै प्रमुख प्रजापतिले शिक्षा र स्वास्थ्यमा अगाडि बढेको देशको विकास पनि तीव्र रुपमा भइरहेको दृष्टान्तहरु प्रस्तुत गर्नुभयो ।
बागमती प्रदेश सांसद सृजना सैंजुले खेल जगतमा नयाँ पुस्तालाई उत्साहित गर्दाको दीर्घकालीन परिणाम सकारात्मक नै हुने विश्वास व्यक्त गर्दै भक्तपुर नपाले खेल महोत्सवको आयोजना गरी नगरका चोक चोक र सम्पदाका प्रांगणहरुलाई खेलमैदान बनाई समुदायको अपनत्व ग्रहण हुने ढंगले खेलकुद महोत्सव सम्पन्न भएको बताउनुभयो ।
भक्तपुर नपाका हरेक गतिविधिहरुमा यहाँका सामुदायको पनि सक्रिय भूमिका निर्वाह गरिरहेको बताउँदै उहाँले खेलकुदलाई सर्वसाधाण र जीवनपद्धितको रुपमा विकास गर्ने प्रयासमा भक्तपुर नपा अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले अध्ययन र पढाईलाई सँगसँगै अगाडि बढाए मात्र विद्यार्थीहरुको सर्वा·िण विकास हुने बताउँदै विद्यार्थी जीवनलाई सक्रिय बनाइराख्न खेलकुदको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले खेलकुद र देश विकास समानान्तर ढंगले अगाडि बढ्न आवश्यक भएको बताउँदै विकसित देशहरुमा पदक पाउन भन्दा पनि स्वस्थ हुन मानिसहरु खेलकुदमा सक्रिय रहने बताउनुभयो ।
कार्यक्रममा भनपा युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाको आयोजनामा भएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा सहभागी ७८ वटा विद्यालयमध्ये ६० वटा विद्यालयले पदक पाउन सफल भएको बताउनुभयो । साथै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने रेफ्रि, निर्णायक र प्रशिक्षकलाई धन्यवादज्ञापन गर्नुभयो ।
कार्यक्रममा भनपा युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल र रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विजयी खेलाडीहरूलाई प्रमुख अतिथि तथा अतिथिहरूले मेडल, सहभागी विद्यालयहरूलाई खेलकुद सामग्री र प्रथम, द्धितीय र तृतीयलाई सिल्ड वितरण गर्नुभएको थियो ।
नगरब्यापी विद्यालयस्तरीय खेलकुदअन्तर्गत भलिबल खेलको छात्रतर्फ सैनिक आवासीय महाविद्यालय प्रथम, पद्म मावि द्वितीय र ख्वप मावि तथा बासु माविले तृतीय स्थान हासिल गर्न सफल भए भने भलिबल खेलको छात्रातर्फ सैनिक आवसीय महाविद्यालय प्रथम, ख्वप मा.वि. द्वितीय र बासु मावि तथा पद्म मावि तृतीय भएको थियो । भलिबल खेलमा उत्कृष्ट खेलाडी छात्रतर्फ अनिस कार्की (सैनिक आ.म.वि.) र उत्कृष्ट छात्रातर्फ सृष्टि कार्की (सैनिक आ.मा.वि) प्राप्त गरेका थिए ।
त्यसैगरी टेबलटेनिस प्रतियोगितामा प्राप्त मेडलको आधारमा प्रोक्सिमा इन्टरनेशनल स्कुल प्रथम, प्रभात ई स्कुल द्वितीय र माउण्ट भ्याली ई. स्कूल तृतीय स्थान प्राप्त गरेको थियो । टेबुल टेनिस प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रतर्फ पर्ल शाक्य (एभरेष्ट ई स्कुल) र छात्रातर्फ उरवी सुवाल (प्रभात ई स्कुल)ले प्राप्त तगरेको थियो ।
उसु प्रतियोगितामा प्राप्त मेडलको आधारमा मेधा मा.वि.प्रथम, एभरेष्ट ई. स्कूल द्वितीय र बालबिकास ई. स्कूल तृतीय हुन सफल भए । उसु खेलमा उत्कृष्ट खेलाडी छात्रतर्फ रोशन विक (मेधा मा.वि) र रेगनसन वैद्य (सामुदायिक ई स्कूल) र छात्रातर्फ सिल्भिया प्रजापति (सैनिक आ.म.वि.)र रिया कोजु (मेधा मा.वि) हुन सफल भए ।
विद्यालयस्तरीय प्रतियोगिताको पोर्टबल छात्रतर्फ न्यातापोल ई. स्कूल प्रथम, तारा मा.वि द्वितीय र ब्राइटस्टार ई. स्कूल तथा वागेश्वरी मा.वि. संयुक्त रुपमा तृतीय हुन सफल भए भने पोर्टबल छात्रातर्फ तारा मावि प्रथम, बासु मा.वि. द्वितीय र बागीश्वरी मावि तथा अक्स्फोर्ड प्राक्टिकल स्कूल संयुक्त रुपमा तृतीय हुन सफल भए । उत्कृष्ट खेलाडी छात्रतर्फ सौगात ढुंगाना (न्यातापोल ई. स्कुल) र छात्रातर्फ जेनिशा तामा· (तारा मा.वि) हुन सफल भए ।
प्रतियोगिताको कबड्डी प्रतियोगिताको छात्रतर्फ मिनर्वा ई. स्कूल प्रथम, पारागन एकेडेमी द्वितीय र रोम्बस से. स्कूल तथा बासु मा.वि. संयुक्त रुपमा तृतीय हुन सफल भए भने कबड्डी प्रतियोगिताकै कबड्डी छात्राततर्फ पारागन एकेडेमी प्रथम, साईनि· स्टुडेन्ट एकेडेमी द्वितीय र रोम्बस से. स्कूल तथा समाज सुधार मावि संयुक्त रुपमा तृतीय भएको थियो । कबड्डी प्रतियोगिताको उत्कृष्ट खेलाडी छात्रतर्फ आदित्य श्रेष्ठ (मिनर्वा ई. स्कुल) र छात्रातर्फ सुजातालामा (पारागन ऐकेडेमी)ले हात पारेको थियो ।
तेक्वाण्डो प्रतियोगितामा कूल प्राप्त मेडलको आधारमा सैनिक आ.मा.वि.प्रथम, बागीश्वरी मा.वि. द्वितीय र गणेश मा.वि. तृतीय हुन सफल भए । तेक्वाण्डोमा उत्कृष्ट खेलाडी छात्रतर्फ लावा· लामा (सैनिक आ.मा.वि.) र छात्रततर्फ नम्रता सेन्चुरी (बागीश्वरी मा.वि) प्राप्त गर्न सफल भए ।
बुद्धिचाल प्रतियोगितामा कूल प्राप्त मेडलको आधारमा प्रभात ई. स्कूल प्रथम, जेन्युन ई. स्कूल द्वितीय र मेधा मा.वि. तृतीय भएको थियो । उत्कृष्ट खेलाडी छात्रतर्फ प्रत्यूस श्रेष्ठ (बागीश्वरी मा.वि) र उत्कृष्ट खेलाडी छात्रातर्फ सोफिया मधिकर्मी (महेन्द्र विद्याश्रम) घोषित भएको थियो ।
त्यसैगरी कसिमलापाँय्‌मा प्राप्त मेडलको आधारमा नविन आ.वि. प्रथम, वासु मा.वि. द्वितीय र दत्तात्रय आ.वि. तृतीय भएको थियो । सो प्रतियोगितमा उत्कृष्ट खेलाडी छात्रतर्फ निश्चल राजचल (शारदा मा.वि) र छात्रातर्फ जेनिशा कपाली (नविन आ.वि.)ले हासिल गरे ।
प्राप्त मेडलको आधारमा विद्यालयस्तरीय बाघचाल प्रतियोगितामा ज्ञानतारा ई. स्कूल प्रथम, बागेश्वरी मा.वि. द्वितीय र जेसिस इ. स्कूल तृतीय हुन सफल भए । सो प्रतियोगिताको उत्कृष्ट खेलाडी छात्रतर्फ विराज ग्वाछा (ज्ञानतारा ई. स्कूल)
र छात्रातर्फ पूजा रोकाया (बागीश्वरी मा.वि) हुन सफल भए ।
एथलेटिक्स प्रतियोगितामा प्राप्त मेडलको आधारमा जेसिस ई. स्कूल प्रथम, बालबिकास से. स्कूल द्वितीय र जागृति मा.वि. तृतीय हुन सफल भए । एथलेटिक्समा उत्कृष्ट खेलाडी छात्रतर्फ कृजल फाँजु(जेसिस ई. स्कूल) र छात्रातर्फ क्याथ्रीन बासुकला (जेसिस ई. स्कूले हात पारे ।
फुटबल प्रतियोगितामा सैनिक आवसीय महाविद्यालय प्रथम, पद्म मा.वि. द्वितीय हुन सफल भए । सो प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी दिगविजय शाही (सैनिक आवसीय महाविद्यालय), उत्कृष्ट डिफेन्डर निश्चल राणा सैनिक आवसीय महाविद्यालय, उत्कृष्ट फर्वाड सम्रात महत्रा (पद्म मा.वि.), उत्कृष्ट मिडफिल्डर रविन घले (सैनिक आवसीय महाविद्यालय), उत्कृष्ट गोलकिपर प्रतिक चवाल, पद्म मा.वि. र अनुशासित टिम अक्सफोर्ड इन्टरनेशनल प्राक्टिकल स्कूलले प्राप्त गरेको थियो ।
ब्याडमिन्टन प्रतियोगितामा प्राप्त मेडलको आधारमा बागीश्वरी मा.वि प्रथम,
ख्वप मा.वि. द्वितीय, लिसा ई. स्कूल तृतीय हुन सफल भए । ब्याडमिन्टन खेला उत्कृष्ट खेलाडी छात्रतर्फ आयुष बजगाई (बरदायणी आ.वि.) र छात्रातर्फ मन्दिला कोजू (सेक्रेड हार्ट ई. स्कूल)ले प्राप्त गर्न सफल भए ।
जिम्नाष्टिक खेलमा प्राप्त मेडलको आधारमा एभरेष्ट ई. स्कूल प्रथम, मेधा मा.वि. द्वितीय र जेसिस ई. स्कूल तृतीय भए । सो खेलमा उत्कृष्ट खेलाडीको पदक छात्रतर्फ सुमित तमखु (मेधा मा.वि.)ले र छात्रातर्फ रेविसा घेमोसु (जेसिस ई. स्कूल)ले प्राप्त गरे ।
प्रतियोगितामा प्राप्त मेडको आधारमा कराँतेतर्फ बागेश्वरी मा.वि. प्रथम, डेमोस इ. स्कूल द्वितीय र पारागन एकेडेमी तृतीय हुन सफल भए । सो प्रतियोगितामा
उत्कृष्ट खेलाडी छात्रतर्फ युनिक ध्वजु (बागेश्वरी मा.वि.) र छात्रातर्फ इभा कोण्डा (क्रेटिभ इ. स्कूल)ले जित्न सफल भए ।
खो खो प्रतियोगिताको छात्रतर्फ बागीश्वरी मा.वि. प्रथम, बालविकास ई. स्कूल द्वितीय र तारा मावि तथा सरस्वती विद्यागृहले संयुक्त रुपमा तृतीय स्थान हासिल गर्न सफल भए भने खो खो छात्रातर्फ ब्राइट स्टार ई. स्कूल प्रथम, सरस्वती विद्यागृह द्वितीय र मेधा मावि तथा तारा मावि संयुक्त रुपमा तृतीय हुन सफल भए । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी छात्रतर्फ नविन सेन्चुरी (बागीश्वरी मा.वि ) र छात्रातर्फ मन्दिरा राय (ब्राइटस्टार ई. स्कूल)ले प्राप्त गरेको थियो ।

Leave A Reply

Your email address will not be published.