Explore news and happenings at Bhaktapur

भक्तपुर श्रमिक बचतको अर्धबार्षिक समिक्षा तथा समसामयिक विषयमा प्रवचन

भक्तपुर, २६ माघ ।

0
भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजुदर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारी राम्रा भए जनताले समयमा सेवा पाउने र संस्थाको छवि राम्रो हुने चर्चा गर्दै कर्मचारीले सेवाग्राहीलाई असल व्यवहार गर्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।
उहा“ले भन्नुभयो, “नेमकिपाका अग्रजको योगदान र मेहनतले भक्तपुर आज उत्कृष्ट नगर बनेको छ । जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको सहयोग र एकताले भक्तपुर नगरको विकास र गतिविधि आज सबैको चासोको विषय बनेको छ ।”
भनपाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि सरकारसमक्ष पहल गरिरहेको प्रमुख प्रजापतिले जानकारी गराउनुभयो ।
उहा“ले भन्नुभयो, “कर्मचारी राजनीतिकरूपमा सचेत भएमात्र देशको हितमा काम गर्न सक्षम हुनेछ ।”
संरा अमेरिका संसारको सबभन्दा ठूलो आतड्ढकारी र हतियारी व्यापारी भएकोले नेमकिपाले अमेरिकी साम्राज्यवादको विरोध गरिरहेको उहा“ले बताउनुभयो ।
इजरायलले प्यालेस्टिनमाथि गरेको नरसंहारको विरोध र प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउनुपर्ने आवश्यकता प्रमुख प्रजापतिले औ‌ल्याउनुभयो ।
उहाँले भन्नुभयो, “देशमा नक्कली कम्युनिस्टको जगजगी छ । भ्रष्टाचार, भागबन्डाले देशलाई पछाडि धकेलेको छ ।”
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपाले कामदार जनताको पक्षमा इमानदारीपूर्वक कार्य गरिरहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइमा भक्तपुर नगरपालिकाको कदम प्रशंसनीय र अरू स्थानीय निकायको लागि अनुकरणीय रहेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिका कर्मचारी एसोसियसनका अध्यक्ष गौतमप्रसाद लासिवाले नेमकिपाको नीति र निर्देशनमा सञ्चालित भक्तपुर नगरपालिकाको गतिविधि पारदर्शी भएको बताउनुभयो ।
भनपाका कर्मचारीहरूको बचतबाट सञ्चालित भक्तपुर श्रमिक बचतले सदस्यहरूको सांस्कृतिक स्तर विकास गर्ने गतिविधि गर्नुपर्ने सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष दिलकृष्ण माकको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका सचिव दिलिपकुमार सुवाल, कोषाध्यक्ष भरत अवाल र व्यवस्थापक रामसुन्दर सुजखूले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.