Explore news and happenings at Bhaktapur

विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत जिन्म्याष्टिक खेलको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

मिति २०८० माघ २६ गते शुक्रबार ।

0
भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार जिन्म्याष्टिक खेलको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले २०७४ सालदेखि हरेक वर्ष घोषणापत्र अनुसार युवा पुस्तालाई खेलकुद प्रतियोगिता महोत्सवको रुपमा आयोजना गरिएको जानकारी गराउनुभयो । देशको सबैभन्दा सानो नगर भएतापनि भक्तपुर नपाले ८ वटा कलेज सञ्चालन गर्दै देशैभरीका विद्यार्थीहरु अध्यापन गराइरहेको तथा भक्तपुरलाई शिक्षाको गन्तव्यको रुपमा विकास गरिरहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले विद्यालयबाट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले यस किसिमको प्रतियोगिता आयोजना गरेको बताउनुभयो । साथै नगरपालिकाले शिक्षकहरुलाई समय समयमा प्रशिक्षण दिंदै आएको तथा अन्तर नगर खेलकुद प्रतियोगिता गर्ने तयारीमा रहेको बताउनुभयो ।
उहा“ले खेलाडीहरुले मनोरञ्जन मात्र नभई आत्मरक्षा र देशको सम्मानको लागि खेल खेल्नुपर्ने बताउनुहु“दै प्रतियोगितामा ७५ वटा विद्यालयका २२०० भन्दा बढी विद्यार्थीहरु, २२० निर्णायकहरु रहेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय खेलकुद परिषद् जिन्म्याष्टिकका वरिष्ठ मुख्य प्रशिक्षक राजेश्वरमान स्थापितले जिन्म्याष्टिक खेल ओझेलमा परेको र परिषद्ले ध्यान नदिंदा प्रशिक्षकको अभाव रहेको समेत बताउनुभयो ।
कार्यक्रममा नेपाल जिन्म्याष्टिक संघका उपाध्यक्ष एवं भक्तपुर जिन्म्याष्टिक संघका अध्यक्ष दिपक कृष्ण प्रजापतिले कभर्ड हलको समस्या रहेको र केन्द्रले ध्यान नदिंदा खेलाडीहरुको वृत्ति विकास अपेक्षाकृत नभएको जानकारी दिनुभयो ।
कार्यक्रम भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.