Explore news and happenings at Bhaktapur

खो खो खेलको फाइनल खेल माघ २६ गते लामगालमा हुने

माघ २५, भक्तपुर ।

0
भक्तपुर नगरपालिकाको आयोजनामा माघ २१ गतेदेखि सुरु भएको विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत खो खो खेलको सेमिफाइनल खेल बिहिबार सम्पन्न भयो ।
छात्रतर्फको खो खो खेलमा सरस्वती विद्यागृह र तारा माविले तृतीय स्थान हासिल गरेका छन् भने फाइनलमा वागीश्वरी मावि र बाल विकास इ से स्कुल पुगेका छन् ।
त्यस्तै छात्रातर्फको खेलमा मेधा मावि र तारा माविले तृतीय स्थान हासिल गरेका छन् भने सरस्वति विद्यागृह र ब्राइट स्टार स्कुल फाइनलमा पुगेका छन् ।
खो खो खेलको फाइनल खेल माघ २६ गते बिहान ११ बजे लामगालमा हुने भएको छ ।

Leave A Reply

Your email address will not be published.