Explore news and happenings at Bhaktapur

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत पोर्टबल खेलको समापन

माघ २४, भक्तपुर ।

0
भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०८० माघ २१ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार पोर्टबल खेलको समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमममा उहाँले शारीरिक र मानसिक रुपले तन्दुरुस्तको लागि खेल अपरिहार्य रहेको बताउनुहुदै खेलाडीहरुले समाज परिवर्तनको लागि योगदान गर्नुपर्ने चर्चा गर्नुभयो ।
नगरपालिकाले खेलकुदलाई प्राथमिकता राख्दै आएको र खेलाडीहरुले खेललाई निरन्तरता दिनुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा अतिथि भक्तपुर नगरपालिका वडा न ३ का वडा अध्यक्ष राजकृष्ण गोराले देशको सार्वभौमिकता रक्षाका लागि पनि खेलकुद सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद समितिका सदस्य रन्जना त्वातीले पनि बोल्नु भएको थियो ।
प्रतियोगितामा छात्रा तर्फको पोर्टबल फाइनल खेलमा तारा मावि प्रथम हुन सफल भएको छ । प्रतिद्वन्द्वी बासुलाई १८ – ११ ले हराउदै तारा प्रथम हुन सफल भएको छ भने बासु माविले द्वितीय स्थानमा चित्त बुझाएको छ । वागीश्वरी मावि र अक्सफोर्ड प्र्याक्टिकल स्कुलले भने तृतीय स्थान हासिल गरेका छन् ।
त्यस्तै छात्र तर्फको पोर्टबल फाइनल खेल तारा मावि र न्यातपोल से स्कुलको विचमा न्यातपोल से स्कुलले प्रथम स्थान हासिल गरेको छ । न्यातपोलले तारालाई २९-५ फराकिलो अन्तरले हराएका थिए । वागीश्वरी मावि र ब्राइट स्टार स्कुलले भने तृतीय स्थान हासिल गरेका छन् ।

Leave A Reply

Your email address will not be published.