Explore news and happenings at Bhaktapur

नगरव्यापी विद्यालयस्तरीय ब्याडमिन्टनको समापन तथा पुरस्कार वितरण

भक्तपुर । २०८० माघ २४ गते, बुधबार

0
भक्तपुर नगरपालिकाको आयोजनमा भएको नगरव्यापी विद्यालयस्तरीय ब्याडमिन्टनको समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । लिबाली कभर्ड हलमा सम्पन्न उक्त खेलका विजेताहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार प्रमाणपत्र तथा मेडल वितरण गर्नुभयो ।
टेबलटेनिस प्रतियोगिताअन्तर्गत कक्षा २, ३, ४, ५ छात्रतर्फ हिमालयन ग्लोरीका रिसब बाटी प्रथम, लिशाका राजकुमार थापा द्वितीय, नविन आविका प्रिन्स कापर र नविन आविका फिरोज आलम तृतीय भएका थिए ।
त्यस्तै कक्षा ६, ७, ८ छात्रतर्फ निकोल्सन स्कूलका अच्युट ढुंगेल प्रथम, नविन आविका क्रिस्टल शाही द्वितीय, सामुदायिक स्कूलका सिरिश राजचल र समाज सुधारका क्रिश प्रजापति तृतीय भएका थिए ।
कक्षा ९ र १० छात्रतर्फ लिशा स्कूलका सुदिप थिमि प्रथम, विद्याआर्जनका सरिन ख्याजू द्वितीय, बागीश्वरीका आशिष काफ्ले र बागीश्वरीका सुरेन्द्र थापा तृतीय भएका थिए ।
कक्षा ११ र १२ छात्रतर्फ सैनिक आवासीय महाविद्यालयका सन्जोग बस्नेत प्रथम, बागीश्वरीका सिबिक ग्याख्व द्वितीय, आदर्शआजादका सुमन पौडेल र सैनिकका आयुषा राइ तृतीय भएका थिए ।
त्यस्तै कक्षा ६, ७ र ८ छात्रातर्फ बागीश्वरीका सायरा गोसाइँ प्रथम, सामुदायिकका जिया सुवाल द्वितीय, बालविकासका सुम्निमा न्हेम्हाफुकी र भीम आदर्शका मनिस सिन्चुरी तृतीय भएका थिए ।
कक्षा ९, १० छात्रातर्फ क्रियटिभ स्कूलका मजिस्टा श्रेष्ठ प्रथम, क्रियटिभ स्कूलका कृष्ण फैजु द्वितीय, बासु माविका सबिन धोँजु र बागीश्वरीका मनिसा लामा तृतीय भएका थिए ।
कक्षा ११ र १२ छात्रातर्फ ख्वपका रुषा जति प्रथम, ख्वप माविका सोनम प्रजापति द्वितीय, ख्वपका लुनिभा मातां र बासुका विनिता तामाङ तृतीय भएका थिए ।

Leave A Reply

Your email address will not be published.