Explore news and happenings at Bhaktapur

नगरव्यापी विद्यालयस्तरीय भलिबल खेल सम्पन्न

२०८० माघ २४, बुधबार

0
भक्तपुर नगरपालिकाद्वारा आयोजित नगरस्तरीय विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गतको भलिबल खेलको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सहिद स्मृति खेलमैदानमा सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले खेलकुद अनुशासन र मित्रताको साथसाथै देशको रक्षा र विकासको लागि हुनुपर्ने बताउनुभयो । साथै उहाँले सभ्य र सुसंस्कृत समाज निर्माण गर्न खेलकुदको भूमिका रहने बताउनुभयो ।
भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको कार्यक्रममा विनोदचरण राय र गौतमप्रसाद लसिवा र सूर्यप्रसाद श्रेष्ठले बोल्नुभएको थियो । विभिन्न ७ वटा विद्यालय सहभागी उक्त भलिबल प्रतियोगितामा छात्रातर्फ सैनिक मावि प्रथम, ख्वप कलेज द्वितीय र बासु मावि र श्रीपद् मावि संयुक्त रुपमा तृतीय हुन सफल भएको छ भने सैनिक माविका जर्सी नं. २ का सृष्टि कार्की उत्कृष्ट खेलाडी छनौट भएको थियो । त्यसैगरी माघ २७ गते हुन गइरहेको समापन तथा पुरस्कार वितरण कार्यक्रमको दिन छात्र भलिबलको फाइनल खेल तथा पुरस्कार वितरण हुने आयोजक समितिले जानकारी दिइएको छ ।
May be an image of 12 people, people playing football, people playing soccer, people playing voleyball and text

Leave A Reply

Your email address will not be published.