Explore news and happenings at Bhaktapur

टोखाका जनप्रतिनिधि भक्तपुरमा

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आज टोखा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रमेश डंगोलसहितको टोलीले भेट गर्नुभयो ।
टोलीलाई स्वागत गर्दै प्रमुख प्रजापतिले जनप्रतिनिधि भनेको समाज निर्माण गर्ने सामाजिक कार्यकर्ता भएको बताउँदै जनप्रतिनिधिले आफ्नो व्यक्तिगत हित र फाइदामा नभई जनता र समाजको हितमा काम गर्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले इमानदारीपूर्वक देश र जनताको सेवा गरिरहेको बताउँदै भक्तपुर नपाको आर्थिक प्रशासन पारदर्शी भएको बताउनुभयो ।
भक्तपुरको कला संस्कृति संरक्षणको सन्दर्भमा नगरलाई आवश्यक ऐन कानुन निर्माण गर्दै नपा अगाडि बढिरहेको बताउँदै मौलिक शैलीमा घर निर्माण गर्ने घरधनीहरुलाई नपाले प्रोत्साहनस्वरुप आर्थिक अनुदान पनि वितरण गर्दै आइरहेको बताउनुभयो ।
शिक्षा क्षेत्रमा भक्तपुर नपाले विभिन्न विषयका ८ वटा कलेजहरु सञ्चालन, स्वास्थ्यमा १०० शैय्याको ख्वप अस्पताल, स्थानीय उपभोक्ता समितिमार्फत सम्पदा पुनःनिर्माणका कार्यहरु भइरहेको बताउँदै उहाँले भक्तपुरका सामुदायिक र निजी विद्यालयहरुलाई नपाका गतिविधिहरुमा समानतामूलक सहभागिता गराउँदै आएको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले समाजवादी देशहरुबाट सिक्दै यहाँको शिक्षा र स्वास्थ्यको विकासका कार्य अगाडि बढाउँदै आएको बताउनुभयो ।
भेटमा वडाध्यक्ष डंगोलले भक्तपुरको असल अभ्यास अन्य नपाले पनि अनुसरण गर्न जरुरी रहेको बताउँदै भक्तपुरले देशकै लागि विकासको बाटो देखाइरहेको बताउनुभयो ।
टोखा नगरपालिकाको पुरानो मौलिक संरचनाहरु बचाइराख्न नपाले आवश्यक पहलहरु गरिरहेको बताउँदै उहाँले सार्वजनिक सेवालाई बलियो बनाउने भक्तपुर नपाको नीति प्रशंसनीय रहेको बताउनुभयो । भेटमा उहाँहरुबीच भक्तपुर र टोखाबीच सांस्कृतिक आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको थियो । उक्त भेटमा टोखाका पूर्व उपप्रमुख ज्ञानमाया डंगोल, कार्यपालिका सदस्य शान्ता राईलगायतको उपस्थिति रहेको थियो ।
Boost this post to reach up to 4692 more people if you spend $14.

Leave A Reply

Your email address will not be published.