Explore news and happenings at Bhaktapur

ख्वपका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा शैक्षिक वर्ष २०७५।७६ मा स्नातक तहअन्तर्गत बी.बी.एस., बी.ए., बी.एस.सी. र बी.बी.एम. कार्यक्रममा भर्ना भई उत्तीर्ण विद्यार्थीहरुको बिदाइ तथा त्रिवि परीक्षा नतिजातर्फ एम.ए. अंग्रेजी र बी.बी.एम. आठौं सेमेष्टरमा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान कार्यक्रम शुक्रबार कलेज सभाहलमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले विदेशमा उच्च शिक्षा हासिल गरेर पनि नेपाल र नेपाली जनताको सेवा गर्ने भावनाले विद्यार्थीहरुले अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा भएका विषयहरु नेपालमै अध्ययन गर्नुपर्ने र विदेशमा उच्च शिक्षा हासिल गरेर पनि देशको विकासमा आफ्नो ज्ञान र सीप प्रयोग गरी देशको सेवा गर्नुपर्नेमा जोड दिँदै उहाँले संसारका विभिन्न देशमा भएका क्रान्ति र विकासबारे सिक्दै नयाँ पुस्ता अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
विदेशी विचार, सिद्धान्त र वस्तुबाट नेपालको सेवा भइरहेको बताउँदै उहाँले विद्यार्थीहरुले सिक्ने विषयमा कहिल्यै विचलित हुन नहुने धारणा राख्नुभयो ।
विद्यार्थीहरुलाई देश विदेशको राजनीति र त्यहाँको क्रान्तिबाट सँधै प्रशिक्षित गर्नुपर्ने धाराणा राख्दै उहाँले आफू जुनसुकै पदमा बसेर काम गरे पनि आफ्नो समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान र योग्य जनशक्ति उत्पादन भइरहेको बताउनुभयो ।
हरेक महिना १० हजार भन्दा बढी विद्यार्थी विदेश पढ्न गएको तथ्यांकले हाम्रो शिक्षा नीतिमाथि नै गम्भीर प्रश्न उठिरहेको बताउँदै उहाँले विद्यार्थी विदेश पलायन हुनुमा सरकार र विश्वविद्यालयहरु नै जिम्मेवार भएको बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यार्थीहरुले आफ्नो अध्ययन र अनुसन्धानको क्रमलाई चालु नै राख्न मार्गनिर्देश गर्दै विद्यार्थीहरुको सफलता नै कलेजको उपलब्धी भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य, ख्वप कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षक कमिनिका न्याइँच्याइँले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले ख्वप कलेजअन्तर्गत बी.बी.एम. आठौं सेमेष्टरमा द्ध ऋन्एब् ल्याउन सफल विद्यार्थी अल्का मानन्धर, नविना जति र निकिता वयजू र एम.ए. अंग्रेजी साहित्यमा घ।डज्ञ ऋन्एब् ल्याउन सफल विद्यार्थी पलिस्था रन्जितकार ल्याई त्रिवि परीक्षामा सर्वोत्कृष्ट हुन सफल विद्यार्थीलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । साथै अतिथिहरुले विभिन्न परीक्षामा उत्तीणहरुलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.