Explore news and happenings at Bhaktapur

प्रथम भक्तपुर नगर कसिमला पा“य् प्रतियोगिता सम्पन्न

0
‘ज्येष्ठ नागरिकको बौद्धिक विकास तथा दीर्घायुका लागि खेल’ भन्ने मूल ध्येयका साथ प्रथम भक्तपुर नगरव्यापी ज्येष्ठ नगारिक कसिमला पाँय् प्रतियोगिता भक्तपुरको वाकुपति चा“गुनारायण परिसर सहयोग समितिको आयोजनामा शनिबार सम्पन्न भयो ।
प्रतियोगिताको समापन समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय खेलका साथै नेवारी भोज, विभिन्न जात्रा पर्व तथा अमूर्त संस्कार र संस्कृतिको मौलिकता र विशेषता बचाउनुपर्ने बताउनुभयो ।
भक्तपुरमा विकास भएको शिक्षा, स्वास्थ्य उपचार, सरसफाइ तथा मठमन्दिर, पाटीपौवा र ढुगेधाराहरूको मर्मतका कामहरूको अवलोकनको लागि देश विदेशबाट पर्यटकहरू आइरहेको जानकारी दिँदै उहाँले भक्तपुरका जनताको एकता र एकमनको कारण जस्तोसुकै कठिनाइमा पनि जनताले सहजै सेवासुविधा पाउन सकेको विचार व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले उच्च शिक्षालय सञ्चालन गरिरहेको बताउँदै घर निर्माणमा नापी नक्साविपरीतको संरचनाले भक्तपुरको सांस्कृतिक नगरलाई गिज्याइरहेको बताउनुभयो ।
भक्तपुर नगरका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्थानीय पाठ्यक्रम समावेश भएको कसिमला पाँय्लाई ज्येष्ठ नागरिकले जीवन्त बनाइराखेको बताउँदै त्यसले नयाँ पुस्तामा पुस्तान्तरण हुने बताउनुभयो ।
उक्त प्रतियोगितामा भक्तपुर नगरको विभिन्न वडाका ६० वर्षमाथिका ३२ जना ज्येष्ठ खेलाडीको उपस्थिति थियो ।
प्रतियोगितामा प्रथम बुद्धिबहादुर मानन्धर, द्वितीय जितबहादुर खयरगोली, तृतीय भीमबहादुर प्रजापति र सान्त्वना लक्ष्मीप्रसाद प्रजापतिलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियोे ।
प्रतियोगितामा सबैभन्दा ज्येष्ठ खेलाडीको रूपमा ८९ वर्षीय न्हुछे प्रजापति रहनुभएको थियोे ।
सोही स्थानमा ४ वर्षअघि विद्यालयका शिक्षकहरूलाई कसिमला पा“यको प्रशिक्षण दिइएको थियोे । खेल सुरु हुनुअघि स्थानीय वडाध्यक्ष रवीन्द्र ज्याख्वले कार्यक्रमको उद्घाटन मन्तव्य दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.