Explore news and happenings at Bhaktapur

सहकारी बैंकपतिहरूलाई धनी बनाउनमा सीमित हुन नहुने

0
“हरेक देशको विकासमा त्यस देशका नवजवानहरूको हात रहेको हुन्छ । स्वदेशी जनशक्तिको विदेश पलायन र त्यसबाट भित्रिएको रेमिटेन्सले कुनै पनि देशले प्रगति गरेको इतिहास छैन ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सङ्गम बचत तथा ऋण सहकारी संस्था लि. को १६ औँ वार्षिक साधारणसभामा शनिबार राख्नुभएको हो ।
उहा“ले भन्नुभयो, “नयाँ पुस्तालाई बाल्यकालदेखि नै देशभक्ति र स्वाभिमानका साथ देश र जनताको हितबारे शिक्षित गर्न नसकेको कारण आज युवा जनशक्ति बाहिरिएको हो ।” उहाँले भन्नुभयो, “युवाहरू शिक्षा, रोजगारी तथा अन्य विभिन्न नाममा बाहिरिनु देशको लागि चिन्ताजनक छ । यसले देशमा भित्रिएको रेमिटेन्सकै हाराहारीमा रकम बाहिरिएको तथ्याङ्कले देखाएको छ ।”
प्रमुख प्रजापतिले देशका शासकवर्गमा देशप्रति इमानदारिता नहुनाले दिनप्रतिदिन देश विदेशी ऋणको पासोमा पर्दै गएको कुरा औँल्याउँदै यसले देशको स्वाभिमान र स्वाधीनतासमेत खतरामा पर्ने विचार राख्नुभयो । उहाँले अगाडि भन्नुभयो, “शासकहरूको गलत नीतिले निम्त्याएको निराशाको कारण विदेशमा पढ्नको लागि गएका युवाहरूसमेत गैरकानुनीरूपमा विदेशी सेनामा भर्ना भए र उनीहरूको ज्यान जोखिममा परेर देशको शिर नै निहुरिएको छ ।
सहकारी क्षेत्रमा देखिएको समस्याबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, “स्थानीय जनताले सार्वजनिक हितलाई प्राथमिकता दिएर सञ्चालन गरेका सहकारीहरूमा कुनै समस्या देखिएको छैन । बरु अपरिचित व्यक्तिलाई विश्वास गरी अधिक ब्याज र अस्वाभाविक लालच देखाएर बचत सड्ढलन गरिएका र दर्ता नै नगरी सञ्चालन गरिएका संस्थाको कारण सोझासिधा जनताको बचत सड्ढटमा परेको देखिन्छ ।”
आज भक्तपुर नगर शिक्षा र स्वास्थ्यको लागि नमुनाको रूपमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले सहकारी संस्थाहरू बचत सड्ढलन गरी बैड्ढपतिहरूलाई धनी बनाउने संस्थामा सीमित हुन नहुने विचार राख्नुभयो ।
भक्तपुर नगरपालिका सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले प्रभावकारी नियमनको कारणले गर्दा नगर क्षेत्रभित्र नगण्य मात्रामा सहकारीमा छिटपुट समस्या देखिएको कुरा राख्नुभयो । स्थानीय जनताको प्रयासमा खुलेका समुदायमा आधारित सहकारीहरूमा त्यस्तो समस्या शून्य नै रहेको विचार उहाँले राख्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं ४ का अध्यक्ष उपेन्द्र सुवालले व्यापक जनताको हित समाजवादमा मात्र सम्भव हुने विचार राख्दै अहिले पनि जनताको अधिकतम सेवाको लागि हामीले गतिविधि गर्नुपर्ने कुरा राख्नुभयो । सहकारी संस्थाहरूले सकेसम्म उत्पादनमूलक क्षेत्रमा लगानी गरी सदस्यहरूलाई अधिकतम प्रतिफल दिनुपर्ने विचार उहाँले राख्नुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष कृष्णगोपाल छुस्याकी, सल्लाहकार न्हुछेराम भेले र राजाराम चवालले पनि बोल्नुभएको थियो । संस्थाको बन्दसत्रले संस्थाका सचिव विजय लोहलाले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन, कोषाध्यक्ष बलराम नागाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक पुण्यराम भेलेले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन पारित गरेको थियो ।
संस्थाका अध्यक्ष बलराम सिबन्जारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ज्येष्ठ सदस्यहरूको सम्मान तथा विभिन्न शीर्षकमा उत्कृष्ट सदस्यहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाका पूर्वसञ्चालकहरू तथा विभिन्न क्षेत्रमा योगदान गरेका सदस्यहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । संस्थाका उपाध्यक्ष शिवराम किजूले स्वागत मन्तव्य तथा सञ्चालक सदस्य सरस्वती सिंख्वालले धन्यवादज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रममा संस्थाका सहसचिव सरजू फसिकवले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.