नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय विदेश विभागको प्रथम ब्युरोका उपनिर्देशक स्यु मिनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाको तर्फबाट शनिबार भक्तपुर दरबार क्षेत्रमा स्वागत गर्नुभयो ।
प्रमुख प्रजापतिले डाइरेक्टर मीनलाई भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरु भक्तपुर दरबार क्षेत्र र टौमढीको अवलोकन गराउनुभएको थियो ।
तत्पश्चात डाइरेक्टर श्यु मीनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको समेत स्थलगत अवलोकन गर्नुभएको थियो ।