Explore news and happenings at Bhaktapur

ललितपुर महानगरपालिकाका अधिकृतस्तरका कर्मचारीहरुको टोली भक्तपुर अध्ययन भ्रमणमा

भक्तपुर । २०८० असार १ गते, शुक्रबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग ललितपुर महानगरपालिकाका अधिकृतस्तरका कर्मचारीहरुको सेवाकालीन प्रशिक्षणको पाठ्यक्रमअनुसारको स्थलगत अध्ययनको क्रममा भक्तपुर नगरपालिकाको अध्ययन भ्रमणमा आउनुभएका ललितपुर महानपाका प्रशासन शाखा प्रमुख सागर थापासहितको टोलीले भेट गर्नुभएको छ । भेटका क्रममा उहाँहरुबीच भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, पर्यटन, सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरिरहेको नवीनत्तम अभ्यास र उक्त क्षेत्रमा नगरपालिकाको आगामी योजनाहरुबारे छलफल भयो । सोही क्रममा टोलीले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अध्ययन गरी अस्पतालबाट प्रवाहित सेवा सुविधाहरुबारे जानकारी हासिल गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.