Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको चौधौं नगरसभा उद्घाटन

भक्तपुर । २०८० असार ६ गते, बुधबार

0
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको चौधौं नगरसभाको आज एक समारोहबीच दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले नेपालमा संसदीय व्यवस्था असफलतातिर गएको बताउँदै देशको दुर्गतिमा शासक दलहरु नै मुख्य जिम्मेवार भएको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित कलेजहरु आफैमा विश्वविद्यालयको रुपमा सञ्चालनमा रहेको बताउँदै उहाँले शिक्षक र विद्यार्थीहरुको स्तर वृद्धि गर्न सके शैक्षिक क्षेत्रमा ठूलो उपलब्धी हासिल हुने बताउनुभयो ।
विदेशी पुँजीको प्रभावका कारण देशको अर्थतन्त्र माथि उठ्न नसकेको बताउँदै उहाँले भारतीय एकाधिकार पुँजीले नेपाललाई कहिल्यै स्वतन्त्र र आत्मनिर्भर बनाउन नदिने विचार राख्नुभयो ।
युवा विद्यार्थीहरुलाई राजनीतिबाट अलग गर्न नहुने बताउँदै उहाँले भन्नुभयो, हामीले समयमै विद्यार्थीहरुलाई देशभक्त बनाउन नसके युवाहरु अझ बढी विदेशिने खतरा भएको बताउनुभयो ।
राजनीतिशास्त्र, अर्थशास्त्र, भूगोल र इतिहासबारे अध्ययन गर्न भक्तपुरका नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले नयाँ बस्तिमा पार्किङ व्यवस्थापनको लागि नयाँ नक्सापासको नियम लागू भए भक्तपुर नगर अझ सुन्दर र व्यवस्थित हुने बताउनुभयो ।
नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुरलाई देशकै नमुना नगर बनाउन सिंगो नगर र नगरबासीहरु प्रतिबद्ध भई लाग्नुपर्ने बताउँदै भक्तपुरको विकास निर्माणमा जनसहभागितासहित आर्थिक अनुशासनमा रही उपभोक्ता समितिमार्फत काम अगाडि बढाउने कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
ख्वप विश्वविद्यालय पारित गराउन सदनमा निरन्तर प्रयासरत रहेको बताउँदै उहाँले भ्रष्टाचार र आर्थिक अनियमिततामा पूर्व प्रधानमन्त्री, मन्त्रीहरुको नाम जोडिनु देशकै लागि बिडम्बनाको विषय भएको बताउनुभयो ।
युवालाई वैदेशिक रोजगारीमा पठाउने सरकारको नीति गलत भएको बताउँदै सांसद सुवालले युवालाई नेपालमै रोजगारी दिने बन्दोबस्त सरकारले गर्नुपर्ने बताउनुभयो ।
काठमाडौं उपत्यका भूकम्पीय जोखिम भएको सहर भएको हुँदा यहाँ जनसंख्या वृद्धिले धेरै क्षति निम्त्याउने बताउँदै सांसद सुवालले सरकारले देशको सन्तुलित विकास गर्न उपत्यका बाहिर पनि सुविधायुक्त ससाना सहरहरुको विकास गर्नुपर्ने बताउनुभयो ।
सार्वजनिक जग्गा अतिक्रमण बढ्दो अवस्थामा रहेको बताउँदै उहाँले नेपालमा मल कारखाना नहुँदा मलको कमिसन खानेको दलालको बिगबिगी बढ्दा् अवस्थामा रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आ.व. २०८०।८१ कोे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनप्रतिनिधिहरूले आफ्नो क्षमताले भ्याएसम्म संविधान र कानुनको परिधिभित्र रहेर जनताको सेवा गर्ने बताउनुभयो ।
‘एक घर एक स्नातक’ अभियानबाट शैक्षिक क्षेत्रमा भक्तपुरमा छोटो समयमा ठूलो परिवर्तन भएको बताउँदै उहाँले यो अभियानलाई ख्वप विश्वविद्यालय स्थापना गरी देशभरका जनतालाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने अवसरको निम्ति निरन्तर प्रयास चालू रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले सङ्घ, प्रदेश र स्थानीय तह कोही कसैको अधिनमा बस्न नपर्ने स्वतन्त्र सरकारहरू भएको बताउँदै सङ्घ र प्रदेशले समानीकरण अनुदानलाई बढाउँदै सशर्त बजेट घटाउँदै लानुपर्नेमा त्यसको विपरीत अनुदान घटाउँदै सशर्त बजेट बढाउँदै लानु स्थानीय तहको स्वायत्तता र विकेन्द्रीकरणमाथि सङ्घ र प्रदेशले नियन्त्रण गर्न खोजिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी समाजवादी विचारबाट प्रशिक्षित राजनीतिक कार्यकर्ताहरू हौ“ । हामी जनताका सेवक हौ“ र सँधैभरि जनताको सेवामा समर्पित भएर लाग्नेछौं ।’
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँले भक्तपुर नपाको नीति तथा कार्यक्रम नगरबासीहरुको हित र सिंगो देशका नपाको लागि मार्गनिर्देश हुने ढंगले अगाडि बढाउन शुभकामना दिनुभयो ।
भक्तपुर नपाका प्रकाशनहरुलाई निरन्तरता दिनुपर्ने बताउँदै उहाँले नेपालमा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन नहुनुमा राजनीतिक नेतृत्व र आर्थिक व्यवस्थाको कमजोरीकै कारण हो भन्नुभयो ।
बागमती प्रदेशसभाको नीति तथा कार्यक्रम कार्यान्वयन पक्ष फितलो र विश्वसनीय नरहेको बताउँदै सांसद गोसाईले प्रदेश सभामा प्रजातान्त्रिक अभ्यासको अभाव रहेको बताउनुभयो ।
प्रदेशको औचित्यतामाथि प्रश्न उठ्ने काम शासक दलहरुबाटै भइरहेको बताउँदै उहाँले राजनैतिक नैतिकतामा आएको संकटका कारण देशमा भ्रष्टाचार र अनियमितता व्याप्त रहेको बताउनुभयो ।
त्यस्तै प्रदेशसभा सदस्य सृजना सैंजुले भक्तपुरको आजको सफलतामा नेमकिपाका अग्रजहरुको योगदान स्मरणीय रहेको बताउँदै नयाँ पुस्ताको सेवाका लागि भक्तपुर नपाका जनप्रतिनिधि अझ क्रियाशील ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपाको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको शुभकामना दिंदै उहाँले सरकारमा गएका शासकहरुले बजेटलाई नीतिगत भ्रष्टाचार गर्ने माध्यम बनाएकै कारण देश गम्भीर आर्थिक संकटउन्मुख रहेको बताउनुभयो ।
नेपालमा किसानहरुको अवस्था निकै नाजुक रहेको बताउँदै सांसद सैंजुले बजेट निर्माणमा समेत नेपाल आत्मनिर्भर नभएको बताउँदै ब्यापारघाटा र गलत कर नीतिले देश संकटग्रस्त अवस्थामा पुगेको बताउनुभयो ।
पर्यटनलाई उद्योगको रुपमा विकास गर्नेतर्फ नपाले ध्यान दिनुपर्ने बताउँदै उहाँले भक्तपुर नपाले सहकारी संस्थाहरुलाई उत्पादन प्रवद्र्धन र सेवा क्षेत्रमा समावेश गर्न सकिए श्रेयष्कर रहने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको संस्कृति, मूल्य, मान्यता, धरोहरलाई अनुसन्धान र अन्वेषणसहित नया“ पुस्तालाई पुस्तान्तरण गर्ने कामहरुलाई निरन्तर रुपले अगाडि बढाइरहेको बताउँदै भक्तपुर नगरलाई ‘ज्ञान विज्ञानको केन्द्र’ बनाउने अभियानमा हाम्रा अग्रजहरुको अथक मेहनत र अतुलनीय योगदान रहेको बताउनुभयो ।
भक्तपुर जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भक्तपुर मोडलको विकासको सफलता र निरन्तरताको कामना गर्दै भक्तपुर नपा सुशासन अध्ययन केन्द्रको रुपमा रहेको बताउनुभयो ।
सय वर्षपछिको भक्तपुर परिकल्पनाले मूर्त रुप लिन धेरै समय नलाग्ने बताउँदै उहाँले भक्तपुरलाई ज्ञानविज्ञान केन्द्रको रुपमा विकास गर्ने भक्तपुर नपाको उद्देश्य पूरा गर्न प्रहरी प्रशसन भक्तपुर नपासँग समन्वय गरी काम गर्न तत्पर रहेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विश्वमोहन जोशीले चौधौं नगरसभा पूर्ण सफलताको कामना गर्दै शिक्षा, संस्कृति स्वास्थ्य र विभिन्न किसिमको पुरातात्विक सम्पदाहरु संरक्षणमा भक्तपुर नपाले पाएको सफलता जनप्रतिनिधि र नगरबासीहरुको संयुक्त प्रयासले सम्भव भएको हो भन्नुभयो ।
नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र भ.न.पाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरभित्र मापदण्डअनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका भनपा वडा नं. ३ का इन्द्रकाजी शिल्पकारलाई रु. ७५,१३७, वडा नं. ६ का हेलबहादुर दुवाललाई रु. ४,२३,१९१, वडा नं. ४ का उपेन्द्रभक्त तिमिला र ऋषि केशव भक्त तिमिला रु.१,६८,७९५, वडा नं. २ का सुरेशबहादुर कायष्ठ र सुर्वणकुमारी कायष्ठलाई रु. ३,७८,५२७, वडा नं. २ का सुजितबहादुर कायष्ठ र सुवर्णकुमारी कायष्ठलाई रु. ३,३६,९६५, वडा नं. ४ का रणबहादुर छुस्याकीलाई रु. १,६२,७२२, वडा नं. २ का राजेशचन्द्र प्रधानांगलाई रु. २,८२,०७९, वडा नं. ६ का कृष्णभक्त चाँगुभारीलाई रु. १,५०,६१९, भनपा वडा नं. ७ का बलराम तचामोलाई रु. १,०४,४८६, वडा नं. ६ का अष्टमाया मुलगुठी २,७४,२९९, वडा नं. ६ का अर्जुन नेपाललाई रु. १,९४,३१९, भनपा ४ का दिलिस खाइतुलाई रु. २,४०,९३६ रुपैँया काठ, इँटा र झिंगटी अनुदान स्वरुप प्रदान गरिएको थियो ।
त्यस्तै वडा नं. १० का बलराम सहिकर्मीलाई रु. २,९५,८३७, वडा नं. ५ का मैयादेवी लोहलासमेतलाई रु. ५,५५,३३४, वडा नं. ५ का मोहनकेशरी सुवाललाई रु. ७,१५,२२२, वडा नं. २ का रिता दुवाललाई रु. २,४२,६७४, वडा नं. ५ का सतिशकुमार धौभडेललाई रु. १,७७,२७३, वडा नं. २ का कोशव लघु र लक्ष्मीकेशरी लघुलाई रु. ८,४६,१४४, वडा नं. ५ का विजुली सिबन्जारलाई रु. ५,८२,८२३, वडा नं. ९ का पूर्णनारायण ज्याख्वलाई रु. १,५४,२७३ र वडा नं. २ का कृष्णराम दथेपुथेलाई रु. १,१०,७२६ रुपैयाँ गरी कूल ६४,७२,३९० रुपैयाँ अनुदानस्वरुप प्रदान गरिएको थियो ।
+21
All reactions:

124

Leave A Reply

Your email address will not be published.