Explore news and happenings at Bhaktapur

भक्तपुर नपाको चौधौं नगरसभाबाट आ.व. २०८०।८१ का लागि भक्तपुर नपाको बजेट सर्वसम्मतिले पारित

२०८० असार २० गते, बुधबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभाको बैठकले आर्थिक विधेयक २०८०, विनियोजन विधेयकसहित आ.व. २०८०।८१ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित ग¥यो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाको लागि भक्तपुर नगरपालिकाको रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।
सभामार्फत नगर प्रमुख प्रजापतिले आ.व. २०८०।८१ का लागि भक्तपुर नपाको बजेटमाथि भएको छलफलमा भाग लिई आवश्यक सुझाव, जिज्ञासा र समर्थन गरी सहयोग गर्नुभएकोमा सभासद्हरुलाई धन्यवादज्ञापन गर्नुहुँदै लामो समयदेखि प्रतिक्षारत ख्वप विश्वविद्यालय स्थापनाको लागि संसदबाट विधेयक पारित गराउन भक्तपुर नगरपालिकाले निरन्तर जोड दिने बताउनुभयो ।
उहाँले ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण गर्नुहुँदै सदाचारिता र मितव्ययिताबारे जनप्रतिनिधिहरु सचेत रहनुपर्ने विषयमा प्रकाश पार्नुभयो ।
बजेटमाथि भएको छलफलमा उठेका जिज्ञासाहरुमाथि प्रष्ट पर्दै उपप्रमुख जोशीले नगरका सबै वडाहरुमा शिशुस्याहार केन्द्र स्थापना र सञ्चालन गर्न आवश्यक अध्ययन भइरहेको, कृषि विकासको लागि कृषक सूचिकरण कार्य अगाडि बढिरहेको, करको दायरा समयसापेक्ष फराकिलो पार्दै लगिने, संस्थागत क्षमता विकासको लागि आवश्यक व्यवस्था गरिएको तथा नगरका विभिन्न स्थानहरुमा सीसी क्यामेरा जडान र सडक बत्ती व्यवस्था गरी शान्ति सुरक्षाको लागि आवश्यक कार्यहरु भइरहेको कुरा सभासमक्ष अवगत गराउनुभयो ।
उक्त बैठकले भक्तपुर नगरपालिकाको काठ, इँटा र झिंगटी खरिद अनुदानसम्बन्धी कार्यविधि २०७५ मा संशोधन प्रस्ताव र भक्तपुर नपाको लेखा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले पारित ग¥यो ।
सभाको अर्को बैठक असार २५ गते सोमबार दिनको १ बजे बस्नेछ ।

Leave A Reply

Your email address will not be published.