Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा खेलाडीहरुलाई ट्रयाक सुट वितरण

भक्तपुर । २०८० असार १ गते, शुक्रबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौंमा सञ्चालन हुने राष्ट्रब्यापी अन्तरस्थानीय तह (यु १८) मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा भक्तपुर नगरपालिकाबाट सहभागी खेलाडीहरुलाई ट्रयाक सुट र गेम टिसर्ट १÷१ सेट हस्तान्तरण गर्नुभएको छ ।
क्रिर्तिपुर नगरपालिकाको आयोजनामा २०८० असार २ गतेबाट सुरु हुने उक्त प्रतियोगितामा भक्तपुर नगरपालिकाको तर्फबाट खेलाडीहरु इजोन कोजु, रिन्चेन डोर्जे डोङ, सुजल खड्का, सुबिन बस्नेत, प्रसुन मल्ल, स्वपनील दिष्टि, गुन्जन ताल्चाभडेल, स्वर्नीम दिष्टि, सफर बासु, रोनिस भुजु, सोहम प्रधानांग र असिम त्वानाबासु प्रतियोगितामा सहभागी हुने भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.