Explore news and happenings at Bhaktapur

जनताको सेवा नै ठूलो धर्म हो

भक्तपुर, २०७५ मंसिर १८ गते म‌ंगलबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको सेवा गर्ने जस्तो ठूलो धर्म केही नभएको बताउनुभएको छ ।
हनुमानघाट रामायण भजनको ३२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले पुर्खाले बनाएको सम्पत्तिले नयाँ पुस्ताको सेवा गरिरहेको र हाम्रो मौलिक पहिचान गुमाउने कार्यबाट हामी सचेत हुनुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले हनुमानघाट परिसर सुधार गर्न गुरुयोजना तयार गरिरहेको जानकारी गराउनुहुँदै पवित्र र धार्मिक तीर्थस्थलको रूपमा परिचित हनुमानघाटको सुधारमा नगरवासीको भूमिका महत्त्वपूर्ण भएको बताउनुभयो ।

प्रमुख प्रजापतिले नगरवासी सचेत भए मात्र सिंगो समाज सचेत हुने बताउनुहुँदै अनुशासित समाज निर्माणमा भक्तपुर नपा अरु नपाभन्दा फरक र विशेष ढंगले अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको फोहोर व्यवस्थापनको लागि उपचारपोखरीका व्यवस्थापनको कार्यबारे अध्ययन अगाडि बढिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले विदेशी आकर्षणका प्रमुख विषय यहाँको सम्पदा र सरसफाइ नै रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले समाजको सेवाको निम्ति खोलिएको संस्थाले एकीकृत योजनाहरू बनाउँदै अगाडि जानुपर्ने र सांस्कृतिक एवम् धार्मिक महत्त्व बोकेको हनुमानघाट परिसरको व्यवस्थापन र सुधारको कार्य अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति बलराम प्रजापति, संगीतकार बद्रीनारायण ताम्राकार र पुजारी कविता शर्माले पनि बोल्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.