Explore news and happenings at Bhaktapur

“भक्तपुर नगरपालिका अपाङ्गता भएकाहरुको पक्षमा काम गर्दैछ”– सुनिल प्रजापति

भक्तपुर, २०७५ मंसिर १७ गते सोमबार ।

1

‘अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण तथा समावेशीता, समानताको सुनिश्चितता’ र ‘मलाई गणना गर समावेश गर’ भन्ने मुल नाराका साथ २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न भयो ।

अपाङ्गता समन्वय समितिको आयोजनामा सोमबार अपाङ्गता भएका विद्यार्थीको सम्मान तथा प्रतिभा प्रदर्शनी कार्यक्रमको उद‍्घाटन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकालाई अपाङ्गमैत्री नगरको रुपमा विकास गर्न लागिपरेको बताउनुभयो ।
अपाङ्गता कसैको रहर होइन र भन्नुहुँदै अपाङ्गता भएको व्यक्तिले अवसर पाएको खण्डमा जस्तोसुकै चुनौतिको सामना गर्न पनि सक्षम भएको प्रमुख प्रजापतिले बताउनुभयो । भक्तपुर नगरपालिकाले स्थानीय समन्वय समिति गठन गरी अपा·ता भएका व्यक्तिहरूलाई परिचय पत्रको आधारमा सेवा सुविधा दिने प्रयासमा रहेको र शारीरिक रुपमा अशक्त व्यक्तिहरूलाई समावेश गरी नगरपालिकाले आफ्नो कार्य अगाडि लाने बताउनुभयो ।
विदेशी सहयोगमा चल्ने सरकारी र गैरसरकारी संस्थाको सहयोगले स्वतन्त्र र सार्वभौम रुपले काम गर्न बाधा पुग्ने बताउनुहुँदै प्रमुख प्रजापतिले सरकारले अपाङ्गता भएका व्यक्तिहरूको लागि निःशुल्क शिक्षा र स्वास्थ्योपचारको बन्दोबस्त गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘राज्यको नारा राम्रा र कर्णप्रिय मात्र भएर पुग्दैन । विकास मन्त्री र सांसदको निर्वाचन क्षेत्र केन्द्रित होइन गरिब जनता केन्द्रित भएर सरकारले नीति–नियमहरू बनाउनु आवश्यक छ ।’

कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले अपाङ्गता भएका व्यक्तिहरू शिक्षाबाट बञ्चित हुन नहुने र उनीहरूको हितको निम्ति आवश्यक छलफल र योजनालाई ध्यानमा राखी काम गर्ने बताउनुभयो ।

मस्कुलर डिस्ट्रोफीका अध्यक्ष हिमालयश्वरलाल मूलले सहयोगको लागि सरकारको मुख ताक्दा असफलतामात्र हात लाग्ने बताउँदै नेपाल सरकारले काठमाडौंको बीर अस्पतालमा मस्कुलर डिस्ट्रोफी रोग पहिचान हुने मेसिनको आवश्यकता भएको र शारीरिक अशक्त व्यक्तिले सस्तो र सुलभ उपचार पाउनुपर्ने बताउनुभयो ।
समानताको लागि आवाज संस्थाका अध्यक्ष रमा ढकालले स्थानीय सरकारले अपाङ्गता भएको व्यक्तिलाई पनि समावेश गर्नुपर्ने र उनीहरूको व्यक्तित्व विकासको निम्ति सीपमूलक तालिमहरू आवश्यक रहेको बताउनुभयो ।
सी.बी.आर.का पूर्व अध्यक्ष तथा आर.सी.आर.डी. का अध्यक्ष सूर्यभक्त प्रजापतिले अपाङ्गता भएका बालबालिकाको लागि समानतामूलक व्यवहार आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा सुस्त मनस्थिति कल्याणका बालबालिकाद्वारा गीत, नृत्य, गजल प्रस्तुत गरेका थिए । उच्च शिक्षा हासिल गरेका अपाङ्गता भएका विद्यार्थीहरूलाई भनपा प्रमुख सुनिल प्रजापतिले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

1 Comment
  1. Natures Organics CBD says

    It is in reality a great and useful piece of info. I am happy that you
    just shared this helpful information with us. Please keep us up to date
    like this. Thanks for sharing. https://naturescbdorganics.org/

Leave A Reply

Your email address will not be published.