Explore news and happenings at Bhaktapur

भक्तपुर नपाको दशौं नगरसभा आजबाट सुरु : पहिलो बैठकबाट विभिन्न प्रस्तावहरु पारित

२०७८ असार ७ गते, सोमबार

0

भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भयो । भक्तपुर नगरपालिकाका प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको हो ।

भक्तपुर नगरपालिकाकाको दशौं नगरसभाको उद्घाटन सत्रपश्चात बसेको औपचारिक बैठकमा बोल्नुहुँदै नगर प्रमख सुनिल प्रजापतिले जनप्रतिनिधिहरुले ४ वर्षको कार्यकालमा निर्वाचनको बेला घोषणापत्रमा उल्लेखित बुँदाहरु पूरा गन निरन्तर प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।

नगरसभाको पहिलो बैठकबाट भक्तपुर नगरपालिकाको आव्हानमा अक्सिजन प्लान्ट स्थापनाको लागि सहयोग गर्नुभएका नगरबासीहरु, चा“गुनारायण, सूर्यविनायक, मध्यपुर थिमी नपा लगायत अन्य जिल्लाका दाताहरु तथा देश विदेशबाट आर्थिक एवं भौतिक सहयोग गर्ने महानुभावहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्नुहुँदै १ महिनाको छोटो समयमा ६ करोड ४ लाखभन्दा बढी नगद संकलन भएकोमा खुशी व्यक्त गर्नुभयो ।

सभाबाट तपसिल बमोजिमका चारवटा प्रस्तावहरु पारित गरिएको थियो ः

१. भक्तपुर नगपालिकाको दशौं नगरसभा उद्घाटन समारोहमा नगरपालिकाको निमन्त्रणालाई सहर्ष स्वीकार गरी दशौं नगरसभालाई सम्बोधन गर्नुभएकोमा प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छें (रोहित)ज्यू, बागमती प्रदेशसभाका माननीय सा“सद सुरेन्द्रराज गोसाईंज्यूलाई यो सभा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
२. विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल मजदुर किसान पार्टीलाई मित्र पार्टी चिनिया“ कम्युनिष्ट पार्टीबाट प्राप्त स्वास्थ्य उपचार सामग्रीहरु भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई प्रदान गर्नुभएकोमा पार्टी अध्यक्षज्यू र पार्टीप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछ ।
३. भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध कायम रहेको चीनको स्वशासित क्षेत्र तिब्बतको सान्नान शहरबाट भक्तपुर नगरपालिकालाई स्वास्थ्य उपचार सामग्री उपलब्ध गराउनु भएकोमा सान्नान शहरका मेयरज्यू लगायत पदाधिकारीहरुलाई यो सभा हार्दिक आभार व्यक्त गर्दछ ।
४. कोरोना रोकथाम र नियन्त्रणको लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापनासँगै विभिन्न स्वास्थ्य उपकरणहरु खरिदका लागि नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा स्वतःस्पूmर्त रुपमा आर्थिक र भौतिक सहयोग गर्नुहुने सहृदयी महानुभावहरु, सहकारी संघसंस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी, दाफा भजन, गुठी, विदेशबाट सहयोग गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायतमा यो सभा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

उहाँले नगरसभाको अर्को बैठक असार ९ गते बुधबार दिनको १ बजे बस्ने गरी बैठक सकिएको जानकारी गराउनुभयो ।

Leave A Reply

Your email address will not be published.