Explore news and happenings at Bhaktapur

भक्तपुर नपाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

२०७८ साल असार ९ गते, बुधबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको दशौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित ग¥यो ।


सभामा नगर प्रमुख प्रजापतिले जनप्रतिनिधिहरुले जनपक्षीय कार्य गरेमा जनताले साथ दिने उल्लेख गर्नुहुँदै काम गर्दा भएका कमी कमजोरीहरुलाई सच्याई ५ वर्षे कार्यकालको अन्तिम वर्षलाई अझ जिम्मेवारीपूर्वक बहन गर्नुपर्ने बताउनुभयो ।

नीति तथा कार्यक्रममाथि छलफलमा उठेका जिज्ञासामाथि प्रष्ट पार्नुहुँदै नगर प्रमुख प्रजापतिले सभाबाट आएका सुझावहरु सकारात्मक रहेको र धेरैजसो सुझावहरु वडा बजेट, समितिगत बजेटमा समेटिने तथा केही ठूला योजनाहरु आ.व. २०७८/७९ को बजेटमा समेटिने स्पष्ट पार्नुभयो ।

वर्तमान राजनीतिक घटनाक्रमबारे बताउनुहुँदै उहाँले सरकार कमजोर भएको अवस्थामा देशमा अराजकता र अस्थिरता बढ्ने सम्भावना भएको बताउनुभयो ।

नीति तथा कार्यक्रममाथि छलफलमा सभासद्हरु पूर्णगोपाल राजचलले पराम्परागत धानको बीउको सट्टा प्रयोगमा रहेको चाइनिज धानको गुणस्तर परीक्षण गर्नुपर्ने, सभासद् हरिरत्न गोर्खालीले भक्तपुर नगरलाई साँस्कृतिक नगर घोषणा गर्नुपर्ने र सभासद् जितेन्द्र मुनंकर्मीले ख्वप अस्पताललाई जनताको अस्पतालको रुपमा विकास गरिनुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै सभासद् रन्जना त्वातीले नगरको विभिन्न स्थानमा खानेपानीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो भने हेरा ख्याजुले भनपामा भेटेरेनरी र कृषि शाखा स्थापना गर्नुपर्ने सुझाव दिनुभयो ।

सभासद् शिवप्रसाद बालाले ख्वप अस्पतालमा अपरेसन थ्रेटरको व्यवस्था गरिनुपर्ने रसभासद् श्यामसुन्दर मातांले नगरकोट सडक अन्तर्गत हाकुफोहीटीको पश्चिममा सडक बत्ती नबलेको हुँदा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्का सभासद् सिद्धिराम अवालले एक विद्यालय एक साँस्कृतिक एक साँस्कृतिक केन्द्र सरसफाई कार्यक्रम सञ्चालन गर्नुपर्ने राय व्यक्त गर्नुभयो । सभासद् राजेन्द्र माकले व्यवसायिक कृषकहरु पहिचान गरी कृषिमा सहुलियत दरमा ऋण वितरण गर्नुपर्ने, सभासद् बलराम न्हिसुतुले भनपाद्वारा सञ्चालित खेलकुद प्रशिक्षणलाई कायम गर्दै नया“ नया“ खेलकुदको प्रशिक्षण दिनुपर्नेमा आप्mनो धारणा राख्नुभयो ।

सभासद् सुर्यप्रसाद श्रेष्ठले ईशानेश्वर मन्दिर पुनःनिर्माणको लागि बजेट व्यवस्था गर्नुपर्ने, सभासद् इन्द्रबहादुर प्याथले सरकारलाई ख्वप विश्वविद्यालय स्थापनाको लागि दबाब दिनुपर्ने र नगरभित्र सुलभ पसलको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो भने सभासद् गोविन्द दुवालले नगरपालिकाले कृषि विज्ञहरु तयार गर्नुपर्नेलगायतका सुझाव राख्नुभयो ।

नगरसभाको अर्को बैठक असार १० गते बिहीबार दिनको २ः३० बजे गते बस्ने गरी बैठक स्थगित भयो भने सो बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०७८/७९ को बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

भक्तपुर नगरपालिकाको दशौं नगरसभाबाट पारित भक्तपुर नगरपालिकाको (आ.व. २०७८/७९) नीति तथा कार्यक्रम) का केही महत्वपूर्ण बु“दाहरु ः

  • — कोरोना भाइरसको तेस्रो भेरियन्ट आउन सक्ने सम्भावनालाई ध्यानमा राखी छुट्टै एकाइको बन्दोबस्त गरी कोभिड युनिटलाई निरन्तर तयारी अवस्थामा राखिनेछ । साथै जोखिममा पर्नसक्ने १८ वर्षमूनिका बालवालिकाहरूका लागि समेत आइसीयू र भेन्टिलेटरको व्यवस्था गरिने छ ।
    — घरदैलो नर्सिङ सेवालाई अझ प्रभावकारी बनाई विद्यालय र कलेजसम्म सेवा विस्तार गर्दै लगिने छ । त्यसको लागि आवश्यक संख्यामा स्वास्थ्यकर्मीहरूको बन्दोबस्त गरिनेछ । जनताको स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले सेवा विस्तार गर्न वडा–वडामा स्वास्थ्य केन्द्रहरूको विस्तार गर्दै लगिने छ ।
    — भक्तपुर नगरपालिका क्षेत्रमा वैकल्पिक उपचार विधि अनुसार उपचार गरिने आयुर्वेदिक स्वास्थ्य उपचार केन्द्र (नागरिक आरोग्य केन्द्र) २०७७ माघ २४ गतेदेखि संचालनमा छ । भनपा वडा नं. ६ मा संचालित उक्त केन्द्रलाई विस्तार गरी वडा वडामा आयुर्वेदिक उपचार शिविरहरूको व्यवस्था गरिंदै लगिनेछ । साथै आयुर्वेदिक उपचारको अध्ययन अनुसन्धानलाई अगाडि बढाइने छ ।
    — भनपा वडा नं. ९ च्याम्हासिंहमा संचालनमा रहेको सामुदायिक आँखा केन्द्रलाई जनताको सहज पहुँच र स्तरीय सेवा प्रदान गर्ने गरी आवश्यक चिकित्सकहरू समेतको बन्दोबस्त गरी तिलगंगा आँखा प्रतिष्ठानसँग समन्वय गरी ख्वप अस्पताल भवनबाटै सेवा प्रदान गर्ने व्यवस्था गरिनेछ ।
    — नसर्ने कडा रोगहरू क्यान्सर, मृगौला, मुटु, मस्तिस्कघाट, स्पाइनल इन्जुरी जस्ता रोग लागेका विरामीहरू दिन प्रतिदिन बढ्दै गएको हुँदा बिरामी परिवारलाई केही राहत होस् भन्ने उद्देश्यले नगरपालिकाले दिइँदै आएको आर्थिक सहयोगमा वृद्धि गरिनेछ ।
    — जनतालाई पायक पर्ने नगरको एउटा वडामा अक्युपंचर थेरापी सेवा शुरु गरिने छ ।
    — अशक्त, अपाङ्ता भएका व्यक्ति तथा ७५ वर्षमाथिका जेष्ठ नागरिकहरूका लागि घरदैलोमा चिकित्सा सेवा उपलब्ध गराइने छ ।
    — भक्तपुर नगरपालिकाद्वारा संचालित शिक्षण संस्थाहरूमा कृषि विज्ञान, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट, फार्मेसी एवं मेकानिकल इन्जिनियरिङ, विएस्सी नर्सिङ जस्ता नयाँ–नयाँ विषयहरू अध्यापन स्वीकृतिको लागि प्रकृया अगाडि बढाइने छ ।
    — कोभिडको कारण भौतिक उपस्थितिमा विद्यालयहरूमा कक्षा संचालन सम्भव नभएकोले नपाकै निर्देशनमा अनलाइन कक्षाहरू संचालन हुँदै आएको छ । कतिपय विद्यार्थीहरू इन्टरनेटको पहुँचबाट टाढा रहेको देखिएको हुँदा नगरका मुख्य मुख्य क्षेत्रहरूमा क्रमशः निःशुल्क वाइफाइको व्यवस्था गर्दै लगिनेछ । साथै नगरका सबै विद्यालयहरूमा इन्टरनेट सेवाको पहुँच पु¥याइने छ ।
    — ख्वप विश्वविद्यालयको स्थापनाको लागि निरन्तर प्रयास जारी राखिनेछ । त्यसको आवश्यक व्यवस्थाको लागि विज्ञहरूको समिति गठन गरी प्रकृया अगाडि बढाइनेछ ।
    — जनज्योति पुस्तकालयलाई अझ स्तरीय बनाउन आवश्यक भौतिक सुधारहरू गर्नुकासाथै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि आवश्यक पुस्तकहरूसहित इ–लाइब्रेरीको व्यवस्था गरिनेछ । वडा वडामा संचालित पुस्तकालयहरूका लागि आवश्यक पुस्तक तथा दैनिक पत्रपत्रिकाहरूको व्यवस्था गरी नयाँ पुस्तामा अध्ययन संस्कृतिको विकास गर्ने नीति लिइनेछ ।
    — भक्तपुर नगरको मूल सडक भार्वाचोदेखि च्याम्हासिंहसम्म ढुंगा छाप्ने काम सम्पन्न भएको छ । उक्त सडक आन्तरिक र बाह्य पर्यटकहरूको लागि महत्वपूर्ण भएकोले सडकको सुन्दरतालाई बढाउन विभिन्न प्रजातिका मौसमी पूmलहरूसहित गमलाहरूबाट सजाइनेछ । त्यसको संरक्षणको जिम्मा सम्बन्धित घरधनी वा पसलधनीले नै लिने व्यवस्था मिलाइनेछ ।
    — नगरका मुख्य सडकमा भारी सवारी साधन चलाउँदा आन्तरिक र वाह्य पर्यटहरूले गुनासो गरिरहेकोलाई मध्यनजर गरी नगरको प्राचीन र साँस्कृतिक महत्वमा समेत कमी आउन नदिन यसै वर्षदेखि वैकल्पिक व्यवस्थासहित क्रमशः भारी सवारी साधन प्रवेश निषेधलाई कार्यान्वयन गर्दै लगिनेछ । पुरानो नगर क्षेत्रको मूल सडकलाई पैदल मार्गको रुपमा विकास गरिने छ ।
    — कृषि चुन, उन्नत जातको बिऊ वितरणलाई अझ व्यवस्थित गर्दै किसानहरूलाई माटो परीक्षण र कृषिसँग सम्बन्धित विभिन्न तालिमहरू दिइनेछ ।
    — नगरको उपयुक्त स्थानमा फोहरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्र निर्माण गरिने छ ।
    — नगरस्तरीय कृषि ल्याव संचालनको लागि आवश्यक व्यवस्था मिलाइने छ ।
    — ऐतिहासिक र साँस्कृतिक महत्व बोकेका भनपा वडा नं. १ स्थित रानीपोखरी र भाज्या पोखरी जीर्णोद्धार कार्य यसै आर्थिक वर्षमा सम्पन्न गरी सर्वसाधारण जनताले उपभोग गर्न पाउने व्यवस्था मिलाइने छ ।
    — भनपा वडा नं. ८ र वडा नं. १० मा निर्माणाधीन खेलकुद कभर्ड हलहरू यो आ.व.मा सम्पन्न गरिने छ र शहीद स्मृति खेल मैदानलाई डिजाइन अनुसार आधुनिक कभर्ड हल निर्माण गरिने छ ।
    — नगर क्षेत्रमा नयाँ पाइप लाइन विस्तार गरिने छ । पुरानो पाइप लाइनलाई पनि आवश्यक मर्मत सम्भार गरी खानेपानी वितरण प्रणालीमा सुधार ल्याउन पहल गरिनेछ र विस्तारित नगर क्षेत्रमा पनि खानेपानी वितरणको व्यवस्था मिलाइनेछ ।
    — कोभिड महामारीको कारण स्थानीय पर्यटन व्यवसायमा नकारात्मक असर परेको अवस्थालाई मध्यनजर गरी आ.व. २०७८।७९ को शुरु ४ महिनाको व्यवसाय कर छुट दिइने छ ।
    — सहकारीहरूलाई लेनदेनमा मात्रै सीमित नगरी सहकारीमा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी प्रवद्र्धन गर्न जोड दिइने छ । त्यसको लागि नगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ ।
    — भक्तपुर नगरपालिका वडा नं. २ र ६ मा सञ्चालित देको मिवा इटापाके आवास योजनाका बाँकी कामहरू सम्पन्न गरी क्रमशः जनताको जग्गा फिर्ता गरिने छ । जनताबाट प्राप्त राय, सुझाव र गुनासाहरूलाई अधिकतम् सम्बोधनको प्रयास गरिने छ ।
    — सडकमा जथाभावी दोपाया, चौपाया छाडी फोहर गरेमा वा घरपालुवा कुकुरले सडक चोकमा फोहरगरेको पाइएमा कडा कार्वाही गरिने छ । कुकुर धनीले सम्बन्धित वडामा दर्ता गर्नुपर्ने व्यवस्था गरिने छ ।
    — भनपा वडा नं. ६ महाकालीस्थित अँचा पोखरी क्षेत्रमा आ.व. २०७८।०७९ बाट नै ज्येष्ठ नागरिकहरूको हेरचाह र संरक्षणको लागि आदर निकेतनको व्यवस्था गरिने छ ।
    रम्परागत शैलीमा शव दाह गर्दै आएकोमा नगरका महत्वपूर्ण स्थानहरूमा सुधारिएको शव दाह गृह निर्माण गरिने छ । साथै विद्युतीय शव दाह गृह निर्माणको प्रकृया थालनी गरिने छ ।
    — कर्मचारीहरू आर्थिक कारण उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्यले कर्मचारीहरूको लागि स्वास्थ्य उपचार कोषको व्यवस्था गरिनेछ ।

Leave A Reply

Your email address will not be published.