Explore news and happenings at Bhaktapur

जनता जागरूक भएर अगाडि बढेको छ

– अम्बिका न्याइच्याई, प्रअ, बासु मावि

0

सर्वप्रथम नेमकिपाका जनप्रतिनिधिज्यूहरू, भक्तपुर नगरपालिका परिवारलाई हार्दिक बधाई एवम् शुभकामना । भक्तपुर नगरपालिकाले देशका अन्य नगरपालिकाले भन्दा शिक्षा, स्वास्थ्य, सामाजिक र भौतिक निर्माणमा अलग पहिचान राखेको छ । जनताको निस्वार्थ सेवा गरिरहेको तथ्य जनता स्वयम् नियाल्दै छन् । भनिन्छ ‘जनताको आँखा दूरविन सरह हुन्छ ।’
भनपाबाट व्यवस्था गर्न लागेको इहथनभल एबिलत बलम ज्म्ग् को लागि विद्यालय, शिक्षक–कर्मचारी र भुपू विद्यार्थी र मेरी आमाको स्मृतिमा थोरै आर्थिक सहयोग गर्ने मौका पायौँ ।
सर्वसाधारण जनताको जीवन बचाउन, आवश्यक अक्सिजनको अभावले कोही बित्न नपरोस् भनी जनताकै भरमा भक्तपुर नपाले जनताको हितको निम्ति इमानदारी र पारदर्शीका साथ काम गर्दछ भन्ने विश्वासले सारा जनताले सहयोग प्रदान गरेको छ, जारी छ ।
दैनिक रूपमा सरसफाइको निरन्तरता, सार्वजनिक रूपमा कोभिड–१९ रोकथाम र बच्ने उपायको बारेमा जनचेतनाको माइकिङ, कोभिड विरुध्दको खोप कार्र्यक्रमको प्रचारप्रसार, जनस्वास्थ्य मार्फत साधारण बिरामी परीक्षण, कोभिड परीक्षण ९एऋच्०, चिकित्सक मार्फत आवश्यक परामर्श, ख्वप अस्पतालमा निःशुल्क अक्सिजन समेतको क्ष्कयबितष्यल को बन्दोबस्त गरिरहेको छ ।
नेमकिपाको घोषणापत्रलाई आत्मसाथ गर्दै गरीब र श्रमिक जनताको हितको निम्ति सदा लागिपर्ने विश्वास छ । स्थानीय निकायमा शिक्षा, स्वास्थ्य, भौतिक निर्माण, स्वच्छ वातावरणको निम्ति विस्तार र विकास गरिरहेको भनपालाई केन्द्रीय सरकारले बजेटमा पक्षपातपूर्ण व्यवहार गरेको छ । तर यहाँका जनता जागरूक भएर अगाडि बढेको छ ।

Leave A Reply

Your email address will not be published.