Explore news and happenings at Bhaktapur

अक्सिजन प्लान्ट स्थापना गर्ने योजना निकै जनमुखी छ

– ई सुरेश कवां, प्रमुख कार्यकारी अधिकृत, गोर्खा इको प्यानल (इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.)

0

कोभिड महामारीको समयले हामीलाई निकै ठूलो पाठ सिकाएको छ । जति नै धन, शक्ति भएको व्यक्ति पनि कोभिडका कारण उपचार अभावका कारण अकालमा ज्यान गुमाउनुपरेको छ । स्वास्थ्य क्षेत्रको पूर्वाधार र विकास कति महŒवपूर्ण छ भन्ने पाठ पनि यो महामारीले दिएको छ । भक्तपुर नपाको ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना निकै जनमुखी छ । नपाको पुनित कार्यमा सहकार्य गर्न हाम्रो कार्यालयको व्यवस्थापन समितिको निर्णयअनुसार नपाल
ाई आवश्यक सहयोग गर्न आज हामी यहाँ उपस्थित भएका छौ“ । हिजो मात्र हाम्रो एकजना साथीलाई भक्तपुर नपाले सञ्चालन गरेको आइसोलेसन केन्द्रमा भर्ना गरेका थियौ“ । बिरामी निकै आत्तिएको थियो तर त्यहाँ कार्यरत डाक्टर, नर्स तथा कर्मचारीहरूको सहयोगी भावनाले गर्दा बिरामीले छिटै सजिलो महसुस गरेको र नपाको कामप्रति कृतज्ञ रहेको उक्त साथीले बताएको थियो ।
साथै कोभिड रोकथाम तथा नियन्त्रणमा भक्तपुर नपाले क्लोरिन पानी छर्कने, नियमित फोहर सङ्कलन, कोभिड सङ्क्रमित बिरामीको छुटै फोहर सङ्कलनको व्यवस्था, दिनहुँ जानकारीमूलक सूचनासहितको माइकिङलगायतका कार्यहरू सराहनीय छन् ।

Leave A Reply

Your email address will not be published.