Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाप्रति हामी विश्वस्त छौँ

– सिद्धिनारायण आचार्य, अध्यक्ष, भक्तपुर निर्माण सामग्री व्यापार सङ्घ

0

भक्तपुर नपाको सराहनीय कामको लागि हाम्रो सङ्घको तर्फबाट सहयोग गर्न आएका छौ“ । अक्सिजन प्लान्टलगायत स्वास्थ्य सेवा व्यवस्था गर्नु राम्रो, उदाहरणीय र सराहनीय कार्य हो । आगामी दिनमा भक्तपुर नपाले गर्ने कुनै पनि राम्रो काममा सहयोग गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।
निश्चय पनि हामी व्यवसायी हौ“ तर हामी सामाजिक व्यक्ति पनि हौ“ । कसैको दबाब वा आग्रहमा हामी यहाँ सहयोग गर्न आएका होइनौ“ । नपाको सराहनीय कार्यमा ऐक्यबद्धता जनाउँदै हामी सहयोग गर्न आएका हौ“ ।

विषम् परिस्थितिमा अक्सिजनको अभावले नेपालीले ज्यान गुमाउनु दुःखको कुरा हो । सरकारले अभिभावकको भूमिका खेल्नुपर्ने समयमा स्थानीय तहहरू आफै सक्रियतापूर्वक लाग्नु सुखद् पक्ष हो । आगामी दिनमा पनि नपाको कामलाई उत्साहित बनाउँदै अगाडि लानुपर्ने पक्षमा छौ“ । भक्तपुर नपाप्रति हामी विश्वस्त छौ“ । नपाले हाम्रो सहयोगलाई सही सदुपयोग गरी जनताको सेवा गर्छ भन्नेमा पनि विश्वस्त छु । सम्पूर्ण नगरवासीले राम्रो काम गर्ने संस्थालाई सबैले सहयोग गर्नुपर्छ । यसो हुन सके भोलिका दिनमा नपामा अझ राम्रा राम्रा कामहरू हुँदै जानेछन् ।

Leave A Reply

Your email address will not be published.