Explore news and happenings at Bhaktapur

नपाको काममा सहयोग गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौँ

– सरोज सुवाल, सचिव,  लुपा बचत तथा ऋण सहकारी संस्था

0

भक्तपुर नपाले कोभिड रोकथाम र नियन्त्रणको लागि आइसोलेसन केन्द्र र एचडीयुको लागि सहकारीकर्मीमाझ सहयोगको लागि आह्वान गरे पछि हाम्रो संस्थाका सञ्चालक समितिको निर्णयअनुसार हामी पनि नपालाई सहयोग गर्न आएका छौ“ । हामी नपाको काममा एकदम सकारात्मक छौ“ । यो विषम् परिस्थितिमा सहकारीको तर्फबाट हामीले केही गर्न सकिरहेका छैनौ“ । भक्तपुर नपाले गरिरहेको काममा सहयोग गर्न पाउँदा निकै खुशी छौ“ । सहयोग गर्न पाएर गर्व महसुस भएको छ । भक्तपुर नपाले सरकारबाट कुनै सहयोग नपाएको जानकारीबाट हामीलाई दुःख लागेको छ । भक्तपुरको लागि अब भक्तपुरवासी जनताले नै गर्नुपर्छ भन्ने भावनाले हामी सहयोग गर्न आएका छौ“ । हाम्रो लागि जनताको सेवा गर्ने यो ठूलो अवसर पनि हो । त्यसैले भक्तपुर नपाको काममा सहयोग गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौ“ ।

Leave A Reply

Your email address will not be published.